प्रदेश १ लोक सेवा आयोगले विभिन्न पदमा विज्ञापन गर्यो

लोक सेवा आयोग प्रदेश नं. १ ले स्थानीय  तहका लागि विभिन्न सेवा समूहका पदमा खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको लागि दरखास्त  आव्हान गरेको छ ।

सरकारी सेवा तर्फ विभिन्न समूह उपसमूह तथा तहका पदमा खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा पदपूर्तिका लागी दरखास्त माग गरेको हो ।

त्यसैगरी प्रदेश लोक सेवा आयोगले छैटौं तहका लागि ८ जना शिक्षा प्रशासनमा आवेदन माग गरेको छ ।

आयोगको विज्ञापन अनुसार प्रथम पत्रको परिक्षा आगामी साउन ७ गते १३, २०, २७ र भदै १० गते दिनको ३ बजे तोकिएको छ भने दोश्रो पत्रको परीक्षा साउन १४, २१, २८ र भदै ११ गते दिनको ११ बजे तोकिएको छ।

 

Thuprai - Books and E-books