After SEE Portal

सेन्ट जेभियर्सलाई कानुनी कारवाहि गर्ने चेतावनी

Bridge Course

सरकारले केहि निजी विद्यालयहरुले अटेर गर्दै लिएको प्रवेश परीक्षा स्थगन गर्न निर्देशन दिएको छ । केहि निजी विद्यालयले सरकारको निर्णयलाई अबज्ञा गरेपछि यस्तो निर्देशन दिएको हो । यसैक्रममा सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिइएको छ ।

शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालका अनुसार नतिजा सार्वजनिक नगर्न निर्देशन दिइएको हो । 

शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख बरालले इडियूपत्रसंग भने, ‘प्रवेश परीक्षा गराएको पाइयो । नतिजा पनि प्रकाशन गर्न लागेको पाइयो । त्यहि भएर नतिजा प्रकाशन नगर्न भनेर पत्राचार गरेका छौं ।’ निर्देशन अवज्ञा गरे कानुनी कारबाही गरिने बरालको भनाई छ । 

सेन्ट जेभियर्सले  कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्रदेखि विश्वविद्यालयमा कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्देशन दिएको थियो ।तर, सेन्टजेभियर्सले पटकपटक अटेर गर्दै आएको पाइएको छ ।

सेन्टजेभियर्सका प्रतिनिधिले सम्पर्कविहीन भएर बसको सरकारी अधिकारीको भनाई छ । सम्पर्क विहीन भएपछि पत्र काट्न समन्वय एकाई बाध्य भएको हो । सेन्ट मेरिज स्कुलले भने सरकारको निर्देशन अनुसार पूर्वनिर्धारित प्रवेश परीक्षा स्थगित गरेको छ ।

A Levels MA