After SEE Portal

लर्ड बुद्ध क्याम्पसको विशेष छात्तवृत्ति योजना

Bridge Course

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले कोभिड महामारीलाई ध्यानमा राखेर स्नातक तह अध्ययन गर्न विद्यार्थीलाई लक्षित गरी विशेष छात्रवृत्ति योजना ल्याउने भएको छ ।

विद्यार्थीले ईजाँच सफ्टवेयर मार्फत घरबाटै छात्रवृत्ति सम्बन्धी परीक्षामा समावेश भई उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई क्याम्पसले छात्रावृत्ति प्रदान गर्ने भएको हो । क्याम्पसले निश्चित मापदण्ड निर्धारण गरी सतप्रतिशत सम्म छात्रवृत्ति प्रदान गर्ने क्याम्पसले जानकारी दियो ।

यो छात्रवृती प्राप्त गर्नको लागि विद्यार्थीहरुले कलेजको वेबसाईट मा गई ईजाँच सफ्टवेयर मार्फत परीक्षामा सहभागी हुनु पर्ने छ ।

फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (एपियु), मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक तहको बीएस्सीआईटी, बीबीएम, इ विजनेस विषयमा अध्यापन गराउदैं आएको छ ।

कलेजले दुवै कार्यक्रम लागि १२३ क्रेडिट आवरमा ३ वर्ष (६ सेमेस्टर) सम्पन्न गर्ने भएको छ । कलेजले यो शैक्षिक सत्रदेखि बीएस्सीआईटी मा क्लाउड कम्प्युटिङ, मोबाइल टेक्नोलोजी, नेटवर्क कम्प्युटिङमा स्पेसिलाइज्ड कोर्ष सुरु गर्ने भएको छ ।

एलबिइएफ मुलुककै पहिलो सुचना प्रविधिमा अध्ययन अध्यापन गराउने संस्था हो । यस संस्थावाट हाल सम्म करिव आठ हजार भन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर डिग्री हासिल गरिसकेका छन् ।

फाउण्डेसनमा सञ्चालन हुने कक्षाहरुमा सैद्धान्तिक ज्ञानको साथसाथै अरु जीवनोपयोगी तालीमहरु समेत प्रदान गरिँदै आएको छ । कलेजले विश्वका उत्कृट १० वटा अनलाइन लाइब्रेरीको लाइसेन्स विद्यार्थीहरुकोलागि उपलब्ध गराउँदै आएको छ । यी लाइब्रेरीबाट विद्यार्थीहरुले १० लाख भन्दा बढी पुस्तक एवं जरनलहरुको अध्ययन गर्नसक्ने कलेजले जनाएको छ ।

यसको साथै विद्यार्थीहरुलाई व्यवसायिक सीप विकास गर्नकालागि कलेजले भारतको मणिपाल प्रोलर्नसंगको सहकार्यमा ५४ वटा विभिन्न किसीमका अनलाईन तालीम पनि प्रदान गर्दै आएको कलेजले जानकारी दियो ।

यहाँबाट बिएससीआईटी अध्धयन पुरा गरेका विद्यार्थीले डाटाबेस एडमिनिसट्रेटर, नेटवर्क एडमिनिसट्रेटर, सफ्टवेयर डेभलपर, वेब डेभलपर, सिस्टम एडमिनिसट्रेटर, क्लाउड आर्किटेक्ट आदीको रुपमा आफूलाई स्थापित गर्दै आएका छन् ।

A Levels MA