Bachelors Portal

विधेयकमा विद्यालय कर्मचारीलाई विशेष व्यवस्था (विधेयकको पूर्णपाठसहित)

Managed Admission 2022

आधारभूत तहको शिक्षक हुन साधारण वा विषयगत शिक्षक हुनका लागि स्नातह तह र माध्यमिक तहको शिक्षक हुनका लागि सम्बन्धित विषयमा स्नातोत्तर गरेको हुनुपर्ने गरी विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा लपेखिएको छ । यो विधेयक मन्त्री परिषद्ले  गत  मङ्गलबार स्विकृत गरिसकेको छ ।

विद्यालय कर्मचारी सम्बन्धी पनि विशेष व्यवस्था गरेको छ । अविछिन्न सेवा गरेका र उमेर हद ६० वर्ष पूरा भई सेवाबाट अलग भइसकेका विद्यालय कर्मचारीलाई अवकाश हुँदा काम गरेको पदसँग समान हुने निजामती सेवाको पद वा श्रेणीको सुरु स्केलको दरले प्रति वर्ष बढीमा २० वर्षको सेवा अवधि मानी एकमुष्ट रकम दिइने व्यवस्था विधेयकमा छ ।

पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका कर्मचारीलाई काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम, १० वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित आखिरी एक महिनाको तलब बराबरको रकम र १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम दिएर बिदा गर्ने व्यवस्था छ ।

सेवाबाट अलग हुन नचाहेमा निजहरुलाई एक पटकको लागि शिक्षक सेवा आयोगले स्थायी गर्ने प्रयोजनको लागि परीक्षा सञ्चालन गर्ने लगायतको व्यवस्था गरेको छ ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पूर्णपाठ हेर्नुहोस्ः

 

Select college / campus