After SEE Portal

मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको समय तालिका सार्वजनिक

Bridge Course

नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले विभिन्न विषयको विशेषज्ञको विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार माघ २१ गत शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म एनेस्थेसियोलोजी लगायतका चार ओटा विषयको र अपरान्ह २ बजेदेखि ४ बजेसम्म एनाटोमी लगायतका ९ ओटा विषयको परीक्षा हुने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै माघ २२ गते शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म अब्सट्रेटिक एन्ड गाइनोकोलोजी लगायत ४ विषय र अपरान्ह २ बजेदेखि ४ बजेसम्म बायोकेमेष्ट्री, कार्डियो भ्यास्कुलर मेडिसिन/कार्डियोलोजी लगायतका १५ वटा विषयको परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books