Bachelors Portal

ओपेनद्वारा निजी विद्यालय सञ्चालकले गरेको आन्दोलनमा ऐक्वद्धता

Managed Admission 2022

एशोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (अपेन) ले पनि विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति जनाउँदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

अपेनले भोलि सबै प्रधानाध्यापकलाई दाहिने हातमा कालो पट्टि बाधेर विरोध सहित काम गर्ने र एउटै शैक्षिक मुद्दा तथा सरोकार रहेकोले २८ देखि प्याव्सन, ऐन प्याव्सन तथा हिसानको आन्दोलनमा ऐक्यबद्धता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने गरी तयार गरेको विधेयक अपेनको गम्भीर ध्यानकार्षण भएको नाएको छ । निजी प्रति पुर्वाग्राही भएको र पाँच वर्षमा निजी शैक्षिक संस्थाहरुलाई अनिवार्य शैक्षिक गुठीमा रुपान्तरण गर्ने कुरा संविधानको सम्पत्तिको हक सम्बन्धी व्यवस्थाको विरुद्धमा रहेकाले यो कुरा अस्वीकार्य भएको जनाएको छ ।

नेपालको प्रारम्भिक बाल शिक्षामा विगत तीन दशक देखि निजी क्षेत्रको लगानीमा सञ्चालित पूर्व प्राथमिक विद्यालय, बाल विकास केन्द्र तथा मन्टेश्वरी किन्डर गार्डेनहरुको महत्वपूर्ण भूमिका रहदै आएको  विज्ञप्तिमा उल्लेख गरेको छ ।

Select college / campus