जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयमा सौर्यबत्ती वितरण

जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयमा सौर्यबत्ती वितरण गरेको छ । 

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आठ आधारभूत र चार माविलाई दुई चिम, एक पाता, व्याट्रीसहित १० वाटको सौर्यबत्ती विद्यालयलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अधिकृत पदमवहादुर भण्डारीलगायत गाउँपालिका टोलीले विद्यालयमै पुगेर बत्ती प्रदान गर्दै स्थानीय सरकार आएको अनुभूति दिलाउन बत्ती वितरण गरेको हो 

Degrees offered in nepal
Counseling
Bachelors Portal