आज भव्यताका साथ शिक्षा दिवस मनाइँदै छ । केही समय पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भब्यताका साथ केही उधारो केही हाताहाती भए पनि पुरस्कार र सम्मान वितरण गर्दै छ । दिवसका लागि मन्त्रालयले आगामी पाँच वर्ष ( २०८१ – २०८५ सालसम्म) सम्मका लागि नारा तय गरेको छ ।
लामो कसरत, विभिन्न शीर्षक र बैठकमा मोटो रकम खर्च गरेर ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारा तह गरेको छ ।
शिक्षा दिवस मनाउन १३० सदस्यीय मुल समारोह समिति गठन गरिएको थियो ।आदर्श वाक्य तय गर्ने विषयमा मुल समारोह समितिले सहसचिव डा। कमल पोखरेलको संयोजकत्वमा रहेको उपसमितिलाई आदर्श वाक्य तय गर्न तीन दिने समय सीमा दियो । सोही समयमा उपसमितिले वाक्य तया गर्यो । यो वाक्क पाँच वर्षका लागि तय भएको छ ।
मन्त्रालयले तय गरेको नारा मर्मस्पर्षी छ । भावना र लक्ष्यसंग जोडिएर साँच्चै केही होला कि भन्ने आभाष दिने खालेको छ । यो वर्ष मात्र होइन पाँच वर्षे लक्ष्य सहित आदर्श वाक्य तय भएको छ । यो नारा कति पुरा हुने हो कति अधुरो रहने हो त्यो त कार्यशेलीले जवाफ देला ।
भाषामा रमाएका शिक्षा दिवसका नारा
मन्त्रालयले यस्ता मने लोभ्याउँने नारा बनाएको यो वर्ष भने होइन । २०३१ साल फागुन १२ गते तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेकको अवसरमा हरेक वर्ष शिक्षा दिवस मनाउने घोषणा गरियो । त्यसपछिका सबै शिक्षा दिवसमा आकर्षक, मोनमोहक नारा तय गरिन्छ । तर अर्को रोचक पक्ष चाहीँ कुनै नाराको उद्देश्य भने कहिल्ये पुरा भएनन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ४ देखि १५ वर्ष उमेर समूहका ७५ लाखमध्ये ८ लाख ५३ हजार बालबालिका विद्यालयबाहिर छन् ।
शिक्षा मन्त्रालयको पछिल्लो विवरण अनुसार ४ वर्ष उमेर समूहका २४ लाख ३९ हजार २००मध्ये बालविकासमा १८ दशमलव ५ प्रतिशत र कक्षा १ देखि ५ सम्म पढ्ने उमेर समूहका ८.१ प्रतशित बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् ।
पहिलो वर्ष मनाइएको शिक्षा दिवसको नारा, ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित हुनु नपरोस्’ भन्ने थियो । तर उक्क नारा तय भएको ४० वर्ष पछि सम्म पनि झण्डै २३ प्रतिशत नागरिक निरक्षर छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पाँच वर्षभन्दा माथिको उमेर समूहमा ७६।२ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् । नेपालमा पढ्न लेख्न जान्ने जनसङ्ख्या दुई करोड तीन लाख ७७ हजार ९८० रहेको छ । पाँच वर्षभन्दा माथिको जनसङ्ख्या दुई करोड ६७ लाख २५ हजार २९५ रहेको छ ।
नारा हेर्नुहोस्ः
कर्णाली फर्कने कि !
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर देखिएको छ ।देशको साक्षरता दर ७६ दशमलव एक प्रतिशत छ । कूल साक्षरता दरको सबैभन्दा बढी ३० दशमलव ९ प्रतिशत व्यक्तिले कक्षा पाँचसम्म मात्रै पढेका छन् भने २१ दशमलव पाँच प्रतिशतले आठ कक्षासम्म मात्रै पास गरेको देखिएको छ ।
कर्णालीमा पुरुष भन्दा १४।२ प्रतिशत बढी महिला निरक्षर छन् । पुरुषको साक्षरतादर ८३ दशमलव ६ प्रतिशत छ हुँदा महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।
यो प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ मध्ये २४ प्रतिशत अर्थात ४ लाख५ हजार २१९ जना अहिले पनि निरक्षर छन् ।
मधेस अझै कुहिरो भित्रै
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा ६१ लाख २६ हजार २८८ जना मानिस बसोवास गर्छन् । यो प्रदेशका कुनै जिल्लालाई सरकारले कागजमा साक्षर घोषणा गरेको छैन । यो प्रदेशको साक्षरता दर मात्र ६३ प्रतिशत छ । ३७ प्रतिशत मानिस अझै पढ्न लेख्न जाँदैनन् । रौतहटको ५७.७५ प्रतिशत, महोत्तरी ५७.७७ सर्लाही ६०.०१ प्रतिशत मानिस साक्षर छन् ।
५ वर्षमाथिका ५४ लाख ७३ हजार ४७८ मानिस छन् । यसमा ३४ लाख ९१ हजार ६४४ जना मात्र साक्षर भएके शिक्षा विकास निर्देशनालय धनुषाले जानकारी दियो । निर्देशनालयका अनुसार यो प्रदेशमा १९ लाख ८१ हजार ८३४ जना मानि अझै लेख्न पढ्न जाँदेनन् । साक्षर भनिएका ३४ लाख ७७ हजार ४१३ मध्ये १९ लाख ७९ हजार ४९९ जना पुरुष र १२ लाख १२ हजार ३२५ जना महिला रहेका छन् । यीमध्ये १४ हजार २३१ जना पढ्न सक्ने खालका साक्षर भनिएको भए पनि यी भित्रका पनि १४ हजार २३१ जना सामान्य सावा अक्षर मात्र चिन्ने छन् लेख्न सक्दैनन् ।
वर्तमान अवस्था
राष्ट्रिय जनगणनामा २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस।एल।सि। वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन् ।
यसैगरी एसएलसी भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् । अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन् ।