After SEE Portal

सर एसईई कहिले हुन्छ ?

Bridge Course

परिक्षा नियन्त्रकलाई खुलापत्र

श्रीमान परिक्षा नियन्त्रक ज्यू !

रास्ट्रिय परिक्षा बोर्ड

सानोठिमी भक्तपुर

बिषय: एसईई र १२ को परिक्षाको निकास सम्बन्धमा।

महोदय, आजभोलि मलाई मोवाइमा फोन आयो कि दिक्क लाग्छ । मलाई हरेक दिन अभिभावक तथा विद्यार्थीको एउटै प्रश्न ‘सर एसईई कहिले हुन्छ ? सर्यो कि ? निर्धारित मितिमा नै हुन्छ ? हुन्छ भने हामी कसरी परीक्षा केन्द्र सम्म पुग्ने ? के गर्ने जस्ता प्रश्नले वाक्क दिक्क लगाउँछ । किनकि म एक जिम्मेवार शिक्षक मात्र हुँ । निर्णयक तहको मान्छे होइन ।

म बाध्य भएर एउटै जवाफ दिन्छु हुन्छ आत्तिनु पर्दैन । अहिलेसम्मको सूचनाअनुसार निर्धारित मितिमा नै हुन्छ भनेर म आस्वास्त तुल्याउँछु । तर परिस्थिति यति सहज छैन । कोभिड १९ को संक्रमणले आफ्नो गति तीव्र बनाउँदै छ । विद्यालयमा साना तथा किशोरावस्थाका केटाकेटी हुन्छन् उनीहरुको स्वभाव संसार विजेता आफू नै हुँ जस्तो मान्छन् त्यही भएर पनि सामाजिक दुरी राख्न संभव छैन ।

एकातिर अवस्था विषम बन्दै गएको छ अर्कोतर्फ सरकारको प्राथमिकतामा शिक्षा क्षेत्र कहिल्यै परेको छैन भन्दा पनि हुन्छ । सरकारले शिक्षक विद्यार्थीलाई कोरोनाको खोप दिननै उचित ठानेन । भोलिका राष्ट्रका कर्णधार निर्माता शिक्षक जहिल्यै ओझेलमा पार्ने गरेको छ । बालबालिकामा संक्रमण तीव्र आक्रमण गरिरहेको छ । फेरी काठमाडौं मात्र नेपाल होइन । सहर मात्र पनि होइन । संक्रमणको अवस्था हेरेर कम संक्रमण भएका ठाउँमा र धेरै भएका ठाउँमा फरक फरक सयममा यी दुवै कक्षाको परीक्षा सञ्चालन गरे कसो होला ? हाम्रो परम्परागत मूल्याङ्कन आधार मानेर स्तर निर्धारण गर्ने प्रचलन रहेको देशमा आन्तरिक मूल्याङ्कन, निर्माणात्मक मूल्याङ्कनलाई प्राथमिकता दिइँदैन । त्यसैले एउटा शिक्षक नाताले म के भन्छु भनेनी नियन्त्रक ज्यू ! एसईई र कक्षा १२ का प्रश्नपत्र बोर्डले नै निर्माण गरेर विद्यालयलाई आधिकारिक रुपमा इमेल मार्फत पठाए विद्यालयले नै परीक्षा आफ्नो अनुकूल समयमा लिन सक्छन् । लिन्छन् कक्षा १० र १२ बाँहेकका सबै कक्षाको उचित मूल्याङ्कन नै गरेको छ गर्छ पनि त्यसैले विद्यालय र शिक्षकलाई विश्वास गर्न सिक्नोस् भन्ने आग्रह गर्न चाहन्छु ।

परिक्षा हुनु नहुनु ठुलो कुरा होइन । प्रमुख कुरा भनेको विद्यार्थीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्ने हो । वैकल्पिक सिकाइलाई प्रभावकारी बनाएर सिकाइलाई निरन्तरता दिनु उचित होला जस्ते लाग्छ म र म जस्ता अन्य शिक्षकलाई ।

विद्यार्थीले शिक्षक ले बोलेको गलतलाई नै पनि सही भन्ने मान्छन् त्यसैले हामीले अहिले सम्म ढुलमुले जवाफ मात्र दिँदै आएका छौं त्यसैले हजुरले नै यसको उत्तर पाए आभारी हुनेथियौ ।

चालु २०७७ को शैक्षिक सत्रमा करिब तीन महिना मात्र फेस टु फेस कक्षामा पठनपाठन गराएका छौं । पाठ्यक्रमले निर्धारण गरेको कोर्स लगभग सहरका विद्यालयले करिब ७० देखि ९० प्रतिशत पुरा गरेको भएपनि ग्रामीण भेगका विद्यालयले करिब ४० प्रतिशत मात्रै पूरा गरेका छन् । ६० प्रतिशत कोर्स नै बाँकी छ । यस्तो अवस्थामा विशिष्टीकरण तालिका अनुसार सोधिएका प्रश्नको जवाफ विद्यार्थीले कसरी देलान् ? यो सोच्ने विषय बनेको छ । अब सरकारले बजेटमा नै व्यवस्थापन गरी सिकाइलाई बन्द कक्षाकोठाभित्रबाट मात्र होइन वैकल्पिक माध्यमबाट नै सिकाइलाई प्रभावकारी बनाउन प्रयत्न गर्नुपर्छ । आर्थिक वर्ष २०७८।७९ को बजेट र कार्यक्रम पनि तर्जुमा गर्ने समय भइरहेकाले शिक्षा प्रणालीमा रुपान्तरण गर्ने सोचका साथ शिक्षामैत्री बजेट आउनु पर्दछ । ताकि गाउँ र सहरमा सार्वजनिक तथा निजी एवं धनी र गरिबका छोराछोरी पढ्ने स्कुलबीच देखिएको खाडल मेटाउन सकियोस् । यसका लागि विद्यालय शिक्षामा प्रविधिको प्रयोग हुन सकोस् । शिक्षक विद्यार्थीको पहुँचमा प्रविधि पुगोस् । विकसित देशहरु फिनल्याण्ड लगायतका देशले अनुसरण गरेको मूल्याङ्कनका विधि अपनाएर परम्परागत प्रणालीभन्दा उचित र प्रभावकारी तरिकाले गर्ने विकल्पको विकास गर्न सुझाव दिन चाहन्छु ।

 एसईई वा कक्षा १२ को परीक्षाको भविष्य के हुने रु सबैको चासो र चिन्ताको विषय बनेको छ । २०७६ सालका विद्यार्थीले एसईईका लागि पर्याप्त मिहिनेत गर्न पाए । सबै दिन कक्षा सञ्चालन भए । बेलाबखत आन्तरिक परीक्षा पनि दिए । तर एक दिन अगाडिमात्र उनीहरुको परीक्षा रोकिएको थियो । गत मंसिरदेखिमात्र प्रत्यक्ष पठनपाठन भयो । त्यो पनि भय र आतकंका बीचमा नै अहिले त कोर्स सकिएकै छैन । दोहोर्याउने कुरा टाढाकै रह्यो । एसईई मुखमै छ । परीक्षा सुरु हुन करिव तीन साता बाँकी छ । अवस्था अन्योल छ । विद्यार्थी अभिभावक चिन्तामा छन् त्यसैले चाडैं जवाफ पाउने अपेक्षा राखेको छु ।

शिक्षक

गणेश प्रसाद उपाध्याय

A Levels MA
Thuprai - Books and E-books