बैतडी, ३१ जेठ (रासस): क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।
उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जानकारी दिनुभयो ।
सङ्कलित रकम धार्मिक महोत्सवमा व्यवस्थापनमा लागेको खर्च कटाएर बाँकी रकम क्याम्पसको पूर्वाधार विकासमा खर्च गरिने उहाँले बताउनुभयो । महोत्सवमा स्वयं क्याम्पस प्रमुख कार्कीले सबैभन्दा बढी रु एक लाख २१ हजार १२१ दान गर्नुभएको थियो ।
जेठ २२ गतेदेखि शुरु भएको धार्मिक महोत्सव बिहीबार सम्पन्न भएको हो । २०६९ सालमा स्थापना भएको श्रीकोट बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हँुदै आएको छ ।
ग्रामीण क्षेत्रमा पहिलोपटक स्तातकोत्तरसम्मको पढाइ सञ्चालन गर्ने उक्त क्याम्पस बैतडी जिल्लामै पहिलो क्याम्पस हो ।