After SEE Portal

त्रिवि उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज अबेर राती अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ । आवेदकको वैयक्तिक विवरणका आधारमा सर्टलिस्टका लागि छानिएका हुन् ।

समितिका अनुसार कुशुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलबासे, प्रकाश घिमिरेको नाम सार्वजनिक गरिएको छ । त्यस्तै भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको नाम सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएकामध्ये त्रिविका एक जना पूर्वउपकुलपति, वर्तमान उपकुलपति र कतिपय अन्य विश्वविद्यालयका पूर्वउपकुलपति पनि छन् । त्रिविका उपकुलपतिका लागि सम्भावित भनेर कतिपय चर्चामा आएका नाम सर्टलिस्टमा देखिएको छैन ।

कार्यविधिअनुसार आवेदकमध्ये बढीमा १५ जनासम्म वा एक तिहाइको नाम सर्टलिस्टमा सार्वजनिक गर्ने प्रावधान छ । अब उनीहरूले सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्ने हुन्छ ।

समितिका अनुसार उनीहरुलाई यही माघ २९, फागुन १ र २ गतेका लागि अन्तर्वार्ता मिति तोकिएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अपराह्न ३ बजे उपस्थित हुन भनिएको छ । त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो ।

 

A Levels MA
Thuprai - Books and E-books