After SEE Portal

प्राप्तांकका आधारमा छात्रवृत्ति दिँदै शिक्षादीप कलेज विराटनगर

Bridge Course

वराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ मा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले ५० लाख वरावरको छात्रवृत्ति कोष स्थापना गरेको छ । विद्यार्थीले पाएको ग्रेडलाई आधार बनाएर कलेजले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

कलेजले विद्यार्थीलाई प्राप्तांकका आधारमा न्यूनतम रु. १० हजार देखि अधिकतम रु. ९४ हजार ५०० सम्मको छात्रवृत्ति प्रदान गर्ने कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले बताए ।

अघिल्लो वर्ष कलेजबाट कक्षा ११ मा २५२ जनाले उत्तीर्ण गरेका थिए । विद्यार्थीले पाउने अन्य छात्रवृृत्तिमा यो छात्रवृत्ति नजोडिने प्रिन्सिपल खड्काले बताए ।

गत वर्ष कलेजले उत्कृष्ट नम्बर ल्याउने विज्ञान संकायका अनिषा कार्की र आरोन श्रेष्ठले ३ दशमलव ८६ जीपीए ल्याएर कलेज टप गरेका थिए ।  शिक्षादीपबाट उत्तिर्ण गरेका सवै विद्यार्थीले २ दशमलव ८१ जिपिए देखि ३ दशमलव ८६ जिपिए ल्याएको खड्काले बताए ।

A Levels MA