After SEE Portal

पूर्वाञ्चल क्याम्पस धरानका सात जना विद्यार्थीले परीक्षा दिन पाएनन्

Bridge Course

पूर्वाञ्चल क्याम्पस धरानका सात जना विद्यार्थीहरूले परीक्षा दिनबाट बञ्चित भएका छन् । ब्याचलर अफ सिभिल इन्जिनियरिङ   (बीसीई), ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ (बीसीटी) अध्यनरत विद्यार्थीको प्रवेश पत्र नआएपछि परीक्षा दिन नपाएका हुन् ।

सातै जनाको आजको परीक्षा छुटेको विद्यार्थीले जानकारी दिए । अन्य विद्यार्थीले भने केही समय आन्दोलन गरेपछि परीक्षामा सामेल भएका छन् ।

इञ्जिनियरिङ अध्ययन संस्थान (आइओएम) अन्तर्गत रहेको सो क्याम्पसमा विद्यार्थीहरुले क्याम्पस प्रशासनमा ताला लगाउनुका साथै क्याम्पस प्रमुखको कुर्सीसमेत जलाएका छन् ।

सम्पूर्ण प्रक्रिया पुरा गरी अनलाइन परीक्षा फारम भरेपनि प्रवेश पत्र नआएकोले विद्यार्थीहरु परीक्षाबाट बञ्चित हुने भएपछि डीन कार्यलय पुलचोकमा निवेदन पठाएका छन् । विद्यार्थीले प्रशासनसँग छलफल गर्न खोज्दा वेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थी आभास शर्माले बताए ।

 ‘अनलाईनबाट फाराम भरेको सिस्टमको खराबीले सबमीट भएन भन्ने कुरा हामीलाई प्रवेशपत्र लिन जाँदा मात्रै थाहा भयो ।’  उनले भने, ‘प्रशासनसँग कुरा गर्न खोजेको। हुँदैन भन्छ । यसरी त हामीहरूको एक वर्ष त खेर जान्छ नि।’

A Levels MA