एसईई लक्षित भर्चुअल कक्षा

भक्तपुर नगरपालिकाले एसईईको पर्खाईमा बसेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको पहलमा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयलाई लक्षित गर्दै भर्चुअल कक्षा सञ्चालन गर्ने भएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै नगरपालिकाको प्रायोजनमा एसईई लक्षित भर्चुअल कक्षा सञ्चालन गर्ने भएको नगरपालिकाले जानकारी दियो ।

नगरपालिकाले स्थानीय भादगाउँ टिभीमार्फत अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक शिक्षा, स्वास्थ्य, वातावरण तथा जनसंख्याजस्ता अनिवार्य विषयको कक्षा सञ्चालन गर्ने भएको नगर शिक्षा समितिले जानकारी दियो ।

भर्चुअल कक्षासञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन नगरपालिकाले शिक्षा शाखालाई जिम्मेवारी दिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

Thuprai - Books and E-books