After SEE Portal

२६ गते भित्र एसईईको नतिजा सार्वजनिक हुन्छः नियन्त्रक

Bridge Course

यो वर्ष पनि कोरोना महामारीका बाबजुत एसईई भौतिक रुपमा सञ्चालन हुन सकेन । भौतिक रुपमा परीक्षा सञ्चालन हुन सकेपछि सरकारले गत वर्ष भन्दा प्रभावकारी ढङ्गले नतिजा प्रकाशन गर्ने उद्देश्यले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्यो । सोही कार्यविधिको जगमा रहेर अहिले राष्ट्रिय परीक्षा बोर्ड एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा तीव्र रुपमा काम गरिरहेको छ । यसै सरोफेरोमा इडियुसञ्जालले सञ्चालन गरेको इडियुटकमा कामु परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीसंग गरेको कुराकानीको सारसंक्षेपः

एसईईको नतिजा तयारीको प्रक्रिया कहाँ पुग्यो ?

महामारीका बाबजुद गतवर्ष भन्दा केही फरक ढंगले काम सुरु गर्यौं । विषय शिक्षकले गरेको मूल्याङ्कनलाई सम्बन्धित प्रधानाध्यापकले प्रमाणित गर्ने, पाँच सदस्यीय मूल्याङ्कन समितिले प्रमाणीकरण गर्ने, सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाईले प्रमाणीकरण गरेर बोर्डमा पठाउने र बोर्डमा पठानउने बोर्डले टेबुलेसन गरेर प्रकाशन गर्ने कार्यविधि जारी भयो । अहिले सबै जिल्लाको विवरण आइसक्यो । बोर्डमा आएको सफ्टवेयरमा आएको सफ्टकपी र हार्ड कपी रुजु गर्ने काम भइरहेको छ । गतवर्षको भन्दा केही विषय थप गरेर मूल्याङ्कन गरिएको छ । यो वर्ष विषय शिक्षकले मूल्याङ्कन गर्ने र प्रधानाध्यापकले प्रमाणित गर्ने, मूल्याङ्कन समितिमा अहिले पाँच सदस्यीय छ गत वर्ष तीन सदस्यीय थियो । मूल्याङ्कन अस्वभाविक देखिएका विवरणलाई आधार माग्न सक्ने आधार नपुगे फिर्ता पठाउने व्यवस्था गरिएको छ ।

बोर्डले के गर्छ ?

बोर्डले मूल्याङ्कनको रुजु मात्र गर्छ । कुनै विषय फरक पर्ने, कुनैमा प्रयोगात्मक र सैद्धान्तिकमा फरक परेको विद्यार्थी संख्याको विवरण, नाम, अंक नचढेका विषयमा हेर्छौं । नतिजालाई त्रुटिरहित बनाउने कोषिश गर्छौं ।

एक पटक पनि परीक्षा सञ्चालन नभएका विद्यालयको मूल्याङ्कन कसरी हुन्छ ?

कक्षा पूर्ण रुपमा सञ्चालन हुन सकेनन् । महामारीले धेरै समय सिकाइ भएन । भौतिक रुपमा त पठनपाठन नै भएन । कोभिडको प्रभाव कम भएका ठाउँमा एकाइ परीक्षा, ज्ञैमासिक परीक्षाका आधारमा मूल्याङ्कन भयो । यी परीक्षा सञ्चालन गर्न नसकेका विद्यालयमा गृहकार्य, परियोजना कार्य, कक्षाकार्य, कक्षा सहभागितालाई हेर्न सकिने कार्यविधिले व्यवस्था गरेको छ । यी पनि नभएका ठाउमा अनलाइन, अफलाइन लगायत कुनै न कुनै विधि अपनाएर मूल्याङ्कन गर्न निर्देशन दिइएको थियो । विद्यार्थीका गतिविधिलाई आधार मानेर गरिएको हुनाले वास्तविक भयो भन्नेमा विस्वस्त छौं । भौगोलिक विविधता लगायत अन्य कारण कुनै विद्यालय खुल्नै सकेनन् । कहीँ दुई तीन महिना सञ्चालनमा आए कतै वैकल्पिक माध्यम अपनाएर मूल्याङ्कन गर्न निर्देशन दिइएको थियो । लिखित रुपमा सबै ठाउँमा हुन नसकेका ठाउँमा मूल्याङ्कनका द्वतीय उपाय अपनाउन बाटो खोलिएको हुँदा वास्तविक मूल्याङ्कन भयो भन्ने लाग्छ ।

२०७७ को एसईईमा अढाइ करोड खर्च गरेर निर्माण गरेको प्रश्नपत्र के गर्ने ?

प्रश्नपत्र निर्माण गर्ने विधि तथा प्रक्रिया छ । गोपनीयता तथा सुरक्षणका लागि सुरक्षणमुद्रालयमा छापिन्छ । त्यसैले केही खर्च हुन्छ । वैशाखको सुरुमा छाप्न सुरु गरिएको हो । आदिभन्दा बढी काम भइसकेपछि कोरोना संक्रण तीव्र भयो । छाप्न सुरु गरेको प्रश्न सबै छापियो । परीक्षाको नतिजा प्रकाशन नभइसकेको हुनाले अहिले बोर्डमा सुरक्षित छ । विद्यार्थीको पहुँचमा कुनै न कुनै माध्यमबाट पुर्याएर शिक्षक तथा विद्यार्थी सम्म पुर्याउने विषयमा हामी छलफल गर्छौं । शिक्षक विद्यार्थीलाई प्रयोग गर्न दिने मनसायमा छौं ।

एसईई कहिले सम्म राष्ट्रिय परीक्षा बोर्डले भार बोहोर्ने ?

वास्तवमा बोर्डले रहरले १० कक्षाको परीक्षा सञ्चालन गरेको छैन । पोसिल डकुमेन्टमा एसईई प्रदेशमा दिने व्यवस्था गरेको छ । तर यसका लागि शिक्षा ऐन आएको छैन । शिक्षा ऐनले परीक्षा प्रदेश तहमा हस्तान्तरण गर्ने वातावरण बनेपछि हामी प्रदेशलाई हस्तान्तरण गर्छौं । यसका लागि शिक्षा ऐन तत्काल आउन जरुरी छ । त्यसपछि प्राविधिक रुपमा सर्पोट गर्दै हामी निरन्तर अगाडि बढ्छौं ।

कोभिडले शिक्षा क्षेत्रमा पारेको असरका बाबजुद विद्यालय तहको शिक्षालाई अगाडि बढाउने के कस्ता योजना छन् ?

दुई वर्षमा धेरै सिकाइ भयो । कक्षाकोठामा भौतिक रुपमा मात्र अनिवार्य नभई प्रविधिको प्रयोग गर्नु पर्ने सिकाइ भयो । सिकाइमा प्रविधि र सञ्चारमाध्यमको प्रयोग प्रभावकारी देखियो । सिकाइमा प्रविधि भित्र्याउन शिक्षकलाई प्रविधिमैत्री तालिमको आवश्यकता छ । भौतिक रुपमा उपस्थिति हुनै नसक्ने अवस्था सिर्जना भएमा इमेल तथा अनलाइनबाट प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन गर्न सकिन्छ यसका लागि पूर्वाधारको स्थापना गर्न जरुरी छ । महामारीको प्रकोप अनुसार व्यवस्थापन गर्नसक्नु पर्छ । सामान्य महामारी आएमा परीक्षा केन्द्रलाई केन्द्रीकृत नगरी होम सेन्टरबाट परीक्षा सञ्चालन गर्न सकिन्छ । अझ जटिल अवस्थाको महामारी आएमा विद्यालयले सिक्षण सिकाइमा क्रममा गरेको मूल्याङ्कनलाई आधार मानेर परीक्षा सञ्चालन गर्न सकिन्छ ।

एसईईको नतिजा कहिले सार्वजनिक हुन्छ ? नतिजा कसरी हेर्न सकिन्छ ?

एसईईको नतिजा प्रकाशनका लागि तीव्र गतिमा काम गरिरहेका छौं । जिल्लाले पठाएको विवरण अङकमा आएको छ । त्यसलाई ग्रेडमा परिर्वन गर्ने पुनः परीक्षण गर्ने काम गर्नु छ । प्राविधिक समस्या नआएमा २५ २६ गते सम्ममा नतिजा प्रकाशन गर्छौं । नतिजा गत वर्षजस्तै बोर्डको आधिकारिक वेबसाइट, विभिन्न सेवा प्रदायक संस्थासंग सम्झौता गरेर आभिआर, एसएमएस तथा वेबसाइटबाट परीक्षा हेर्न सक्ने व्यवस्था गरेका छौं । नतिजा त्रुटि रहित प्रकाशन गर्नका लागि क्रियाशील छौं । जिल्लाबाट आएको विवरणलाई सुक्ष्म ढंगले अध्ययन गरिरहेका छौं । विद्यालयले गरेको मूल्याङ्कनका आधारमा सही विषय छनोट गरेर भविष्य निर्माणमा जुट्न आग्रह गर्छु ।

A Levels MA
Thuprai - Books and E-books