एसईई नतिजा २०७६ः एक विश्लेषण

विजय अधिकारी, काठमाडौं । 

एसईईको नतिजा सार्वजनिक भएसंगै विद्यार्थीहरुले आफ्नो गन्तव्य छान्न सुरु गरेका छन् । गत चैतमा सम्पन्न परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ जना तथा आंशिकतर्फ १६ हजार पाँच सय ७२ जना सहभागी थिए । परीक्षा नियन्त्रण कार्यालयले यसपटक पनि विगतमा जस्तै एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गरेको हो । सवैभन्दा धेरै अंक ल्याउनेलाई ए प्लस र सवैभन्दा कम ल्याउनेलाई ई अर्थात् अति कमजोर गरी नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गरिएको छ । 


कुन विषयमा कतिको ए प्लस ?
नतिजाअनुसार यसपटक पनि गत वर्षजस्तै अनिवार्य गणित विषयमा सवैभन्दा धेरै विद्यार्थीले ए प्लस ल्याएका छ । सामान्य बुझाइमा औसतमा नब्बेदेखि सय अंक ल्याउने विद्यार्थीलाई ए प्लस मान्ने गरिन्छ । विद्यार्थीलाई विषयगत रूपमा प्राप्तांकअनुसार छुट्टाछुट्टै ग्रेड प्रदान गरिने भएका कारण समग्र नतिजालाई भने यस पद्धतिमा लैजान सकिँदैन । गणितमा २८ हजार १३ जनाले ए प्लस ल्याएका छन् । दोस्रो धेरै ए प्लस अनिवार्य अंग्रेजीमा नौ हजार चार सय दस जनाले ल्याएका छन् । सबैभन्दा कमजोर विद्यार्थी पनि अंग्रेजीमै छन् । यस विषयमा ७७ हजार ६ सय ३७ जनाले डी ल्याएका छन् । सामान्य बुझाइमा ३० देखि ४० अंक ल्याउने विद्यार्थीलाई यो ग्रेड दिने गरिन्छ ।


अनिवार्य विज्ञानमा सात हजार पाँच सय ४४ जनाले ए प्लस ल्याएका छन् । नेपालीमा एक सय ८१ जनाले मात्र ए प्लस ल्याएका छन् । अनिवार्य सामाजिक अध्ययन विषयमा तीन सय ९७ जनाले ए प्लस ल्याएका छन् । स्वास्थ्य, जनसंख्या तथा वातावरणमा चार हजार तीन सय ७० जनाले ए प्लस ल्याएका छन् । ऐच्छिक विषयको रूपमा रहेको १७ वटामा ए प्लस ल्याउने विद्यार्थी संख्या शून्य रह्यो । ती विषयमा पत्रकारिता, खाद्य विज्ञान, गृह विज्ञान, औद्योगिक विज्ञान, साहित्यलगायत छन् ।

प्रदेश १ बाट एसईईमा ८१ हजार ७६ जना सहभागी थिए । तीमध्ये १ हजार ९८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९६० छन्। २ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६० देखि २ जीपीए ल्याउने १८ हजार ३८९, १.२० देखि १.६० जीपीए ल्याउने सात हजार २९९ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ४९२ जना छन् ।

प्रदेश २ बाट ६६ हजार ४५४ जना सहभागी थिए । तीमध्ये ९३१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ४ हजार ५९६, २.८० देखि ३.२० जीपीए ल्याउने ७ हजार २२५ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ८ हजार ७१३ छन्। २ देखि २.४० जीपीए ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीए ल्याउने १६ हजार ४११, १.२० देखि १.६० जीपीए ल्याउने ११ हजार ७७५ र ०.८० देखि १.२० जीपीए ल्याउने १ हजार ४५४ जना छन् ।

प्रदेश–३ बाट १ लाख ५ हजार ६ परीक्षार्थी सहभागी थिए । तीमध्ये १० हजार ६८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने २१ हजार ८३२, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १९ हजार ३७० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थीको संख्या १७ हजार ९१५ छ। २ देखि २.४० जीपीए ल्याउने १७ हजार ७९५, १.६० देखि २ जीपीए ल्याउने ११ हजार ५६३, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ८१ र ०.८० देखि १.२० जीपीएम ल्याउने १९० जना छन् ।



गण्डकी प्रदेशबाट ४७ हजार ३१९ जना परीक्षामा सहभागी थिए । तीमध्ये १ हजार ८१८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ५ हजार ८२४, २.८० देखि ३.२० जीपीए ल्याउने ८ हजार ११९ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ९ हजार ९१५ जना छन् । २ देखि २.४० जीपीए ल्याउने ११ हजार १२८, १.६० देखि २ जीपीए ल्याउने ७ हजार २३३, १.२० देखि १.६० जीपीए ल्याउने १ हजार ७५५ जना र ०.८० देखि १.२० जीपीए ल्याउने १०९ जना छन् । 

प्रदेश–५ बाट परीक्षामा ७५ हजार ८४४ जना सहभागी थिए। तीमध्ये १ हजार ६८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ६ हजार ४८६, २.८० देखि ३.२० जीपीए ल्याउने ९ हजार ९६६ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १३ हजार ५४ छन् । २ देखि २.४० जीपीए ल्याउने १६ हजार ७१४, १.६० देखि २ जीपीए ल्याउने १६ हजार २३५, १.२० देखि १.६० जीपीए ल्याउने ७  हजार ५९० र ०.८० देखि १.२० जीपीए ल्याउने ८५४ जना छन् ।



कर्णाली प्रदेशबाट ३२ हजार ९६६ परीक्षार्थी सहभागी थिए। तीमध्ये १४६ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ७४९, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ८४७ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ५ हजार ११४ जना छन् । २ देखि २.४० जीपीए ल्याउने ९ हजार ३११, १.६० देखि २ जीपीए ल्याउने ९ हजार ८३१, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ९६६ र ०.८० देखि १.२० जीपीए ल्याउने ३९६ जना छन् ।

सुदूरपश्चिम प्रदेशबाट ५० हजार ६१० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २५१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने १ हजार ४७०, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ४८० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ६ हजार ४०९ जना छन् । २ देखि २.४० जीपीए ल्याउने १२ हजार १९१, १.६० देखि २ जीपीए ल्याउने १५ हजार ५४७, १.२० देखि १.६० जीपीए ल्याउने ८ हजार ३७४ र ०.८० देखि १.२० जीपीए ल्याउने ९३४ जना छन् । 



सैद्धान्तिक विषयतर्फ सी, डी प्लस र ई ग्रेड प्राप्त गरेका अर्थात सैद्धान्तिक विषयमा सी ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीले जति विषयमा सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ, त्यसमध्ये परीक्षार्थीले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । त्यसबाहेक मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले यस्तो परीक्षा दिन सक्नेछन् । यस्तो परीक्षा साउन १९ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिने पनिकाले जनाएको छ ।