After SEE Portal

जेठ मसान्तभित्र प्रतिवेदन पेश नगर्ने विद्यालयको अनुदान रोक्का हुने

Bridge Course

काठमाडौं महानगरपालिकाले जेठ मसान्तभित्र सामाजिक परीक्षण पेश नगर्ने विद्यालयको आगामी वर्षको बजेटमा अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । माग बमोजिमका विवरण पेश नगर्ने विद्यालयलाई अनुदान रोक्का हुन गएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक जिम्मेवार हुने समेत चेतावनी दिएको छ ।

महानगर शिक्षा विभागले विद्यालयलाई सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार योजना पेश गर्न निर्देशन दिएको हो । पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण प्रतिवेदनको १–१ प्रति आगामी जेठ मसान्तसम्म पेश गर्न सबै विद्यालयलाई निर्देशन सहितको पत्राचार विभागले गरेको छ ।

सबै सामुदायिक विद्यालयलाई पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम प्रतिवेदन पेश गर्नुपर्ने भएपनि कतिपय विद्यालयले पेश नगरेको कारण पत्राचार गरेको हो ।

विद्यालयले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ बमोजिम ढाँचा र प्रक्रियामा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

A Levels MA