After SEE Portal

अनुमति विनै प्राविधिक शिक्षा सञ्चालन

Bridge Course

सुर्खेत, ५ पुस (रासस)ः वीरेन्द्रनगर नगरपालिका–४ स्थित एक प्राविधिक शिक्षालयले अनुमतिबिना शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गरेको पाइएको छ । 

उद्यमशीलता विकास संस्था प्रालिले गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा शाखाको बेग्लै नाम दिएर सिप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरेको पाइएको हो । अनुमति र दर्ता विनै ‘गुर्भाकोट प्राविधिक शिक्षालय’ नाममा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले हाल उद्यम विकास सहजकर्ता तह–२ तालीम सञ्चालन गरिरहेको छ । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) पश्चिम क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख यादव सुवेदीले शाखा विस्तारका लागि स्थानीय सरकारले अनुमति दिन सक्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । “यसबारे उजुरी आएको छ, हामी पनि छानविन गर्दैछौँ,” उहाँले भन्नुभयो । 

संस्थाका सञ्चालक बलवीर नेपालीले मौखिक निर्देशनबाट कक्षा सञ्चालन गरिएको बताउनुभयो । गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले उक्त शिक्षालयका सम्बन्धमा छानविन भइरहेको बताउनुभयो । 

A Levels MA
Thuprai - Books and E-books