A Levels MA

राजापुर नगरपालिकाद्वारा विद्यालय सञ्चालनमा रोक

बर्दियाको राजापुर नगरपालिकाका विभिन्न विद्यालयले सञ्चालन गर्दै आएको पठनपाठनमा स्थानीय सरकारले पठनपाठनमा रोक लगाएको छ ।

नगरपालिका भित्रका केही विद्यालयले ससाना समूह बनाएर तीन सिफ्टमा विद्यालयमा नै सहजीकरण गर्ने तयारी गर्दै आएका थिए । जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको ११ गते बसेको बैठकले  पठनपाठन सञ्चालन गर्न नदिने निर्णय गरेपछि नगरपालिकाले विद्यालय हाताभित्रै कुनै पनि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न नदिने निर्णय गरेको नगर प्रमुख शिवप्रसाद चौधरीले बताए ।

‘नगरपालिकामा संक्रमित देखा परेको र विद्यालयमा आवश्यक सुरक्षा प्रवबन्ध गर्दागर्दै पनि संक्रमणको जोखिम उच्च हुनाले पठनपनठनमा रोक लगाएका हौं ।’ नगर प्रमुख चौधरीले भने, ‘अहिलेलाई उपयुक्त सिकाइ माध्यम भनेको वैकल्पिक सिकाइ सहजीकरण हो त्यसैले हामीले स्थानीय रेडियोबाट र टोल शिक्षण गराउँदै आएका छौं, यसैलाई निरन्तरता दिन्छौं ।’

विद्यालयले स्वास्थ्य सुरक्षाका उचित उपाय अपनाएर ससाना समूहमा शिक्षण गर्दै आएको स्थानीय शिक्षक ताराप्रसाद ओलीले बताए । ‘साबुन पानी, सेनिटाइजर लगायतको व्यवस्था मिलाएर एउटा समूहमा बढीमा २० जना विद्यार्थी एक बेन्चमा १ जना मात्र बस्न मिल्ने  व्यवस्थापन गरि पठनपाठन गर्दै आएका थियौं ।’ शिक्षक ओलिले भने,‘शिक्षक प्रत्येक टोलमा पुगेर अभिभावक र विद्यार्थीको राय संकलन गरी कार्ययोजना बनाइएका थियौं ।’

टोल टोलमा गएर पढाउदा बाक्लो बस्ती भएको स्थानमा बस्ने ठाउँको अभाव हुने, स्वास्थ्य मापदण्ड पालना गराउन कठिन हुने हुदा विद्यालयमा नै सहजीकरण गर्न थालेको भएपनि स्थानीय प्रशासनले रोक लगाएको शिक्षकहरु बताउँछन् । 

भारतंसंग खुला सिमाना रहेको, सार्वजनिक यातायात खुला गरिएको, नेपाल सरकारले शैक्षिक क्षेत्रलाई प्रतिबन्धित क्षेत्रमा नै राखेको  र संक्रमणको जोखिम बढ्दै गएको कारण प्रत्यक्ष पठनपाठन सञ्चालन गर्न नदिने निर्णय गरिएको नगरपालिकाले जानकारी दियो ।

सरकारको निर्णय फितलो

नेपाल टेलिकमले विद्यार्थीहरुलाई सियुजी सिम उपलब्ध गराउने घोषणा गरेपनि राजापुर नगरपालिकामा रहेको टेलिकम कार्यालयबाट सिम वितरण हुन सकेको छैन ।

सिम प्राप्त गर्न सदरमुकाम गुलरिया नै पुग्नुपर्ने वाध्यता रहेको स्थानीयहरु बताउँछन् । सिम लिननै ढिलाइ हुने भएपछि वैकल्पिक शिक्षा प्रणाली अनुसार सहजीकरण गर्न समस्या उत्पन्न भएको विद्यार्थीको गुनासो छ । 

Thuprai - Books and E-books