After SEE Portal

निजीभन्दा कम छैनन् महिलाले नेतृत्व सम्हालेका सामुदायिक विद्यालय

Bridge Course

कहिले विद्यार्थी अभावमा विद्यालय नै बन्द गरियो । कहिले नजिकैको तरकारी बजारका कारण अभिभावकले शैक्षिक वातावरण राम्रो छैन भनेर बालबालिकालाई विद्यालयनै पठाएनन् । एकातिर भर्खरै विद्यालयको नेतृत्व सम्हालेकी नीलबाराही माध्यमिक विद्यालय कालिमाटीका प्रधानाध्यापक डा जानुका नेपाललाई अभिभावकको भरोसा जित्न कम हम्मे परेन ।

निरन्तरको प्रयत्न पछि विस्तारै अभिभावककले पत्याउन थाले अहिले विद्यालयमा ११ सय बढी विद्यार्थी छन् । ‘विद्यालय परिसर हेर्दा फोहोर देखिन्छ तर शैक्षिक वातावरण राम्रो छ ।’ आफ्नो विगत सम्झदै प्रधानाध्यापक नेपाल भन्छिन्, ‘यात्रा सहज थिएन, कहिले विद्यार्थी अभावमा मर्ज, कहिले विद्यालय नै बन्द गर्ने अवस्था भएको समयमा एक दशक अघि प्रधानाध्यापक भएँ, मैले समपूर्ण सरोकारवालालाई आफ्नो बलबुताले भ्याएसम्म सम्झाए, समूह कार्यले अभिभावकको भरोसा जित्न सफल भइयो अहिले विद्यालयमा ११ सय बढी विद्यार्थी अध्ययनरत छन् ।’

विद्यालयको नाममा जग्गा छैन । सार्वजनिक जग्गामा बनेको विद्यालयको अस्तितव जोगाउननै संघर्ष गर्नुपर्छ । विद्यालयको जग्गा अतिक्रमणका कारण विद्यालयले घेराबारा लगाउन सकेको छैन । नजिकैको तरकारी बजारको फोहोरले विद्यालय दुर्गन्धित हुने हुँदा सरसफाइको पनि चुनौती छ । विद्यार्थीलाई खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन गर्न निजी विद्यालय तथा पद्य कन्या क्याम्पस संग सहकार्य गरेर खेलाउने गरेको छ । ‘विद्यालयमा घेराबारा गर्न सकिएको छैन, स्थानीयको अवरोधका छ ।’ उनी भन्छिन्, ‘विद्यालयमा सरसफाइको चुनौती छ तर हामीले सबै सहज तरिकाले समाधान गर्दै विद्यालय परिवेशलाई सिकाइमैत्री बनाएका छौं ।’

कोरोनाका कारण लामो समय विद्यालय औपचारिक रुपमा नखुले पनि आफूहरु कहिले घर नबसेको प्रधानाध्यापक डा. नेपाल सुनाउछिन् । ‘हामी हरेक विद्यार्थीसंग पुगेका छौं, गृहकार्य दिने त्यसमा ग्रेड थप्ने र फेरी अर्को गृहकार्य दिएर कोरोना जोखिममा पूर्ण सुरक्षा अपनाउँदै विद्यार्थी संग पुग्यौं ।’ उनले थपिन्, ‘शिक्षक, अभिभावक र सरोकारवालसंग छलफल गरी योजना बनाउँछौं, आर्थिक पारदर्सिता र समुदायको भरोसा केन्द्रका रुपमा विद्यालय सञ्चालन गर्छौं ।’

लकडाउनका समयमा पनि केही विद्यार्थीलाई बोलाएर गृहकार्य दिन, भौतिक दुरी कायम गरी परामर्श गर्ने गरेको प्रधानाध्यापक डा. नेपालले बताइन् । स्थानीय प्रशासनले पटक पटक विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्न रोक लगाउँदा पनि आफूहरु बालबालिकाको सम्पर्कमा नै रहेको उनले सुनाइन् । विद्यालयमा अहिले पनि स्वास्थ्य सुरक्षा अपनाएर विद्यालयमा विद्यार्थीलाई सम्पर्क गर्ने गरेको छ ।

नीबाराहीको जस्तै सफल अभ्यास छ पद्मकन्या मावि डिल्ली बजारको । यो विद्यालय पनि अहिलो नेपाली सोचमा विकसित राम्रो मानिएको निजी विद्यालय भन्दा कम छैन । विद्यालय अभिभावक विद्यार्थीको आकर्षको केन्द्र भएको प्रधानाध्यापक रीता तिवारी बताउँछिन् । अभिभावक तथा शिक्षकबीचका छलफल पछि योजना निर्माण । विद्यार्थीको रुची अनुसार सिकाइ अभ्यास गरिने हुँदा विद्यालयमा खचाखचा विद्यार्थी भएको उनको दाबी छ । ‘प्रभावकारी समन्वय सञ्चार पहुँच नभएका विद्यार्थीलाई पहिचान गरी घरमै गृहकार्य र प्रश्नपत्र पठाउने जस्ता कार्यले कोरोनाको समयमा पनि विद्यार्थी अकार्षित भएका हुन्’ उनले भनिन् ।

आर्थिक पारदर्शिता र आपसी समन्वय र समुदायस्तरमा विश्वास जितेका कारण वर्सैदेखि विद्यालय अभिभावकको खोजीको केन्द्र भएको नन्दी माविका प्रधानाध्यापक गीता काफ्ले बताइन् । ‘असल टीमवर्कका कारण विद्यालयको नतिजा राम्रो छ ।’ उनले भनिन्, ‘फरक क्षमता भएका मानिसलाई उनीहरुको क्षमता प्रस्फूटन गर्न सफल छौं ।’

कोभिड–१९ पछिको सिकाइ निरन्तरतामा महिला प्रधानाध्यापक रहेका विद्यलायले अन्य विद्यालयको तुलनामा प्रभावकारी भूमिका निर्वाह गरेको महिला प्रधानाध्यापक भएका विद्यालयको दाबी छ ।

आफूहरुको आत्मविश्वास र सक्रियताका कारण असल परिणाम ल्याउन सफल भएको देवी मावि झापाका प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । ‘शैक्षिक र प्रशासनिक कार्यमा पारदर्शी भएकै कारण हाम्रो विद्यालयलाई सबैले राम्रो विद्यालय भन्छन् ।’

ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रका अध्यक्ष बाबुकाजी श्रेष्ठ महिला प्रधानाध्यापक भएका विद्यालयका प्रधानाध्यापकको असल अभ्यास अनुकरणीय भएको बताउँछन् ।

A Levels MA
Thuprai - Books and E-books