After SEE Portal

भक्तपुरका विद्यालय पुस १ गते देखि सञ्चालन हुने

Bridge Course

भक्तपुर नगरपालिका भित्र सञ्चालित विद्यालय आगामी पुस १ गतेदेखि सञ्चालन हुने भएका छन् । नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका कक्षा ८,९ र १० मा आलोपालो प्रणाली अनुसार कक्षा सञ्चालन गरिने भएको हो ।

विद्यालयले विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना नगर शिक्षा शाखामा पेश गरी कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालन गर्न पाउने भएका हुन् ।

नगर शिक्षा समितिले भक्तपुर नगरपालिकामा कोभिड १९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालन सम्बन्धी आज सरोकारवाला संग गरेको छलफलमा आलोपालो गरी माथिल्लो कक्षा सञ्चालन गर्न पाइने निर्णय गरेको हो । सो बैठकमा सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावक संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

‘छलफलमा वर्तमान अवस्थामा वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिने निर्णय गरेको छ ।’ नगर प्रमुख सुनिल प्रजापतिले भने, ‘नगरभित्रका विद्यालयहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी आलोपालो गरी चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्दै जाने निर्णय भएको छ ।’

विद्यार्थी सङ्ख्या सयभन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले बताए ।

बैठकले सबै प्रकारका सामुदायिक एवम् संस्थागत विद्यालयहरूले कक्षा सञ्चालन सम्बन्धमा विद्यालयहरूबाट विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसंग भएको छलफलको निर्णय सहित मङ्सिर मसान्तभित्र विद्यालय सञ्चालन सम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गर्नुपर्ने निर्णय गरेको छ ।

लामो समयदेखि विद्यालय सञ्चालन अन्योलमा रहेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभिभावकसंग छलफल गर्दै नगर शिक्षा समिति
A Levels MA
Thuprai - Books and E-books