After SEE Portal

कैलाश आधारभूत विद्यालयमा चित्रकला कार्यशाला

Bridge Course

म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा रहेको कैलाश आधारभूत विद्यालयमा चित्रकला कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको गिभ पावर संस्थाको सहयोगमा कला कुशाले आयोजना गरेको दश दिने कार्यशालामा २६ विद्यार्थी सहभागी थिए । सुभद्रा मर्हजन, योगेश अवाली र रगेन्द्रमान श्रेष्ठले चित्रकला सिकाउनुभएको थियो ।

विद्यार्थीहरुले पहाड, हिमाल, वनजङ्गल, ग्रामीण जीवनशैली झल्काउने चित्र तयार पारेका थिए । कक्षा ५ का मिलन सुनारले यसअघि अरूले किताबमा बनाएको हेरेर चित्र बनाउँथे । कार्यशालामा सहभागी भएपछि सुनारले दिमागमा सोचेको विषयलाई चित्रमा उतार्नु वास्तविक चित्रकला भएको बुझेको बताउनुहुन्छ । कक्षा ३ का मिठास सुनारले पहिले हेरेर चित्र बनाउने गरेकामा अहिले सोचेर बनाउन थालेको बताउनुभयो ।

कार्यशालामा सहभागी हुन धौलागिरि हिमालको फेदीमा रहेको बगर गाउँ पुगेका चित्रकारहरुले त्यहाँको प्राकृतिक सौन्दर्यले प्रभावित भएको बताउनुभयो । “विद्यार्थीलाई किताब र अरूले बनाएका हेरेर होइन दिमागमा आएको चित्रलाई पानामा कोरेर चित्र बनाउनुपर्छ भन्ने भावनाको विकास गराउन कार्यशाला चलाएका हौँ”, मर्हजनले भन्नुभयो, “यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले हामीलाई पनि मोहित तुल्यायो ।”

अमेरिकाको गिभ पावर संस्थाको सहयोगमा यसअघि राजधानी उपत्यकाबाहिर सिन्धुपाल्चोक पनौती, पोखरा र नवलपरासीका साथै म्याग्दीको टिकोट र नांगीमा पनि चित्रकला कार्यशाला गरेका थिए । विद्यार्थीले बनाएको चित्रकला गाउँमा आउने पर्यटकलाई बिक्री गर्न सकिने कैलाश आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर पुर्जाले बताउनुभयो । विद्यार्थीमा कलाको विकास, गाउँको कलालाई प्रचारप्रसारका साथै विद्यार्थीलाई आयआर्जनमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

जिल्ला अदालत म्याग्दीले चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिकमा लक्ष्यभन्दा दश प्रतिशत बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतमा शुक्रबार आयोजित सञ्चारकर्मीहरुसँगको भेटघाटमा ६२ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकामा ७१ प्रतिशत फछ्र्यौट भएको जानकारी गराइएको हो । गत वर्षको जिम्मेवारी सरेर आएका ११७ र यो वर्ष कात्तिक २८ गतेसम्म नयाँ दर्ता भएको ९५ गरी २१२ वटा मुद्दा थिए ।

साउन देखि कात्तिक २८ गतेसम्म ७१ मुद्दा फछ्र्यौट भएका र १४१ वटा बाँकी रहेका अदालतका स्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनुभयो । महिला पक्ष भएका ८७ मुद्दा दर्ता भएकामा ४२, ज्येष्ठ नागरिक पक्ष भएका २३ दर्ता भएकामा तीन र बालबालिका पक्ष भएका १० मुद्दा रहेकामा दुईवटा फछ्र्यौट भएका छन् ।

महिला पीडित भएका जबर्जस्ती करणी मुद्दा दश र घरेलु हिंसा मुद्दा एकवटा छन् । निःशुल्क कानूनी सहायता परियोजनाअन्तर्गत ६ मुद्दामा ६ जनाले परामर्श, तीन मुद्दाको बहस, तीन मुद्दाको टेम्पलेट भर्ने, तीन मुद्दामा तीन जनाले कारागार भ्रमण र दुई मुद्दाका चार जनाले साक्षी परीक्षण सेवा पाएका छन् ।

गत वर्षबाट जिम्मेवारी सरेर आएका ३५ र यो वर्ष दर्ता भएका ५१ सम्बन्ध विच्छेदका मुद्दामध्ये ४० फछ्र्यौट भएका र ४६ वटा बाँकी छन् । यस वर्ष ४१ महिला र दश वटा पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

स्रेस्तेदार बुर्लाकोटीले अदालतको चौथो रणनीतिक योजनाअन्तर्गत न्यायमा पीडितको पहुँच बढाउन मुद्दाको छिटो फछ्र्यौट गर्न जोड दिएको बताउनुभयो । हरेक महिना सेवाग्राहीसँग न्यायाधीशले भेटेर गुनासो सुन्ने, बार र बेञ्चबीचको बैठक, अदालतको आन्तरिक व्यवस्थापन, न्यायिक संवाद, मेलमिलापसम्बन्धी अनुगमन गरिएको अदालतले जनाएको छ ।

जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीले सेवाग्राहीको न्यायमा पहुँच बढाउन जोड दिएको, वैतनिक वकिलको सेवालाई प्रभावकारी बनाउन, मेलमिलापलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले अदालतमा बच्चासहित आउने सेवाग्राहीको सहजताका लागि स्तनपान कक्षको समेत व्यवस्था गरिएको बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books