विद्यालय दिवा खाजा कार्यक्रम

नेपाल सरकारबाट सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुकालागि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । बार्षिक रुपमा करीव ९ अरब खर्च हुने यो कार्यक्रमबाट बालबालिकाको बृद्धि र विकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिबृद्धि हुने, विद्यालय छाड्ने दर, घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वास गरिएको छ ।

दिवा खाजाको आवश्यकता

 दिवा खाजाको बहुआयमिक फाइदाहरू छन् । यो मानव विकास पुँजी तथा स्थानीय आर्थीक पुँजी निर्माण गर्ने एउटा सशक्त आधार हो । दिवा खाजा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको एक महत्वपुर्ण र ठुलो अवयव हो ।

  • बालबालिका हुने तात्कालिन भोकमा कमि ल्याउनको लागि

  • शारीरिक वृद्धि तथा विकासका लागि

  • आवश्यक वृहत र सुक्ष्म पोषक तत्वहरूको आपूर्तीको लागि

  • बालबालिकाहरूको आहारमा बिबिधताको लागि

  • सुनौला १००० दिन भित्र प्राप्त गरेका उपलब्धिहरू (वृद्धि र विकास) लाई स्थायीत्व दिनका लागि

  • सुनौला १००० दिन भित्र प्राप्त नगर्नसकेकावा अधुरा ऊपलब्धिहरूलाई केहिहदसम्म प्राप्त गर्नका लागि

  • अन्तरजन्मानतर (पुस्तौनी रूपमा सर्दै आएका) पुडकोपनमा कमि गर्नको लागि

  • बालबालिकाको विद्यालयमा पहूँच र कक्षाकोठामा सहभागिताका लागि

  • सिकाइको लागि बालबालिका (सिकारू)लाइ शारीरिक र मानसिक रूपले तयारि गर्नको लागि दिवा खाजा

दिवा खाजा व्यवस्थापनको विद्यमान अवस्था र लगानी

  • मुलुकभरिका सामुदायिक विद्यालयका बालबिकासदेखि कक्षा ५ सम्मका सबै सामुदायिक विद्यालयका करिब तीस लाखभन्दाबढी बालबालिकाहरूले दिवा खाजा प्राप्त गर्ने।

  • दिवा खाजा व्यवस्थापनका लागि बार्षिकरूपमा करिब ९ अर्ब रुपैया लगानी भइरहेको ।

  • करीव एकलाख शिक्षक, विद्यालय व्यबस्थापन समिति प्रतिनिधिहरू तथा स्थानीय सरकारका कर्मचारी तथा प्रतिनिधिहरु दिवा खाजा व्यवस्थापनमा प्रत्यक्ष वा अप्रत्यक्षपरिचालितभएका

दिवा खाजाका लागि मेनु

नेपाल सरकारले तोकेको पोषण मापदण्ड तथा स्थानीय परिवेश, संस्कृति र प्रचलनलाई आधार बनाएर स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामाग्रीहरू प्रयोग हुने गरी तयार गरिएको दैनिक परिकारहरूको सुचिलाई नै विद्यालय दिवा खाजा मेनु भनिन्छ । नेपाल सरकारले बिद्यालय उमेर समुहका एक बालकबालिकाको लागि दैनिक रुपमा चाहिने शक्ति (क्यालोरि) लगायत बृहत पोषक तत्व (प्रोटिन र चिल्लो पदार्थ) तथा सुक्ष्म पोषक तत्व (आयोडिन, आइरन, जीङ्क, भिटामिन ए) को मात्राको ३०% दिवा खाजाबाट परिपुर्ति हुनुपर्ने गरी मापदण्ड तयार गरेको छ । सो मापदण्ड पुरा गर्न स्थानीय तहले तलको चित्रमा तोकिएको मात्रा पुरा हुने गरी आफ्नो स्थानीयस्तरमा उत्पादन हुने बिभिन्न प्रकारको खाद्य सामग्रीहरुको आधारमा बिग्यसँगको परामर्श र सवै सरोकारबालासँगको सहकार्यमा एक साप्ताहिक परिकारहरूको सुचि (दिबा खाजा मेनु तयार) गरी आफ्नो मातहतका विद्यालयहरूमा लागु गराउनेछ । सो हुन नसकेमा विद्यालयहरूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको १० ओट क्षेत्रगत मेनुवाट आफ्नो भौगौलिक क्षेत्रको लागि उपयूक्त हुने मेनुलाइ लागु गरी बालबालिकालाइ खाजा खुवाउने व्यवस्था मिलाउनु पर्दछ ।