After SEE Portal

सिन्धुपाल्चोकको पौवा गाउँमा विद्यालय भवन हस्तान्तरण

Bridge Course

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीस्थित पौवा गाउँमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको छ । 

अमेरिकी सहयोग नियोग ‘युएसएड’को आर्थिक सहयोगमा निर्माण गरिएको जालपादेवी आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अमेरिकी सहयोग नियोगका प्रबन्ध निर्देशक एनी पोहीलले सो भवन संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विदेशी सहयोगमा भवन निर्माण गरिएकामा खुशी व्यक्त गर्दै यसको संरक्षण गर्ने जिम्मा अभिभावकको भएको बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार दुलालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रबन्ध निर्देशक पोहीलले भविश्यमा थप सहयोग गर्ने बताउनुभयो । रु दुई करोड ८८ लाखको लागतमा सो भवन निर्माण गरिएको हो ।

A Levels MA