After SEE Portal

राम्रो व्यवस्थापन भएको विद्यालय पुरस्कृत

Bridge Course

हिमा गाउँपालिकामा रहेका २० विद्यालयमध्ये कालिका आधाभूत विद्यालयलाई शिक्षा क्षेत्रमा नमुना र उत्कृष्ट काम गरेको भन्दै नगद पुस्कारसहित पुरस्कृत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले राम्रो गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्ने विद्यालयलाई कारवाही गर्ने नीति लिइएको बताउनुभयो ।

विद्यालयले दिने शिक्षा र व्यवस्थापन हेरेर सरोकार निकायको बैठकले कालिका आधारभूत विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । “ गाउँपालिकाका २० विद्यालय र एक आवासीय विद्यालयलाई व्यवस्थित र चुस्त बनाउन गाउँपालिकाले अभियान थालेको छ”, उहाँले भन्नुभयो ।

कालिका विद्यालयमा कम जनशक्ति भए पनि विद्यालय प्रशासन व्यवस्थित भएका कारण शैक्षिक अवस्था राम्रो देखिएको गाउँपालिकाले जनाएको छ । विद्यालयको चिटिक्क कक्षाकोठा, भित्तामा विभिन्न शैक्षिक सूचनामूलक सन्देश, बालमैत्री कक्षाकोठा, बालमैत्री तथा अपाङ्गमैत्री शौचालयदेखि अन्य क्षेत्रमा राम्रो व्यवस्थापन भएको छ । यसैगरी विद्यालयले गरीब, विपन्न र अनाथ बालबालिकाका लागि आवासीय विद्यालयसमेत शुरु गरिएको बताइएको छ ।
विद्यार्थी आफैँले आफ्नो हाजिर गर्छन्
बिहान विद्यार्थीहरु आउनेबित्तिकै कक्षाकोठामा आफँै हाजिर गर्छन् । प्रधानाध्यापक दीपबहादुर शाही भन्नुहुन्छ, “हामीले सानो स्रोतमा पनि शिक्षामा गुणस्तर कायम गर्ने प्रयास गरेका छौँ । हाम्रो कामको मूल्याङ्कन गरेर स्थानीय सरकारले प्रोत्साहन गरेकामा विद्यालय परिवार खुशी छ । आगामी दिनमा झन् सक्रिय हुनेछौँ । अहिले कक्षा १ देखि ५ र र इसिडी ९पूर्व बाल विकास कार्यक्रम० का विद्यार्थी गरी १५२ जना विद्यार्थीहरु छन् ।” तीन शिक्षक दरबन्दीमा, एक करारमा र एक निजी स्रोतबाट राखिएको प्रधानाध्यापक शाहीले जानकारी दिनुभयो ।

कक्षा कोठा भने पाँच वटा मात्रै भएकाले दुई वटा कक्षा एउटै कोठामा राख्नुपर्ने बाध्यता छ । यसैगरी घेरबार गर्न बाँकी रहेको र यसका लागि बजेट नभएको प्रधानाध्यापक शाहीले बताउनुभयो । “विभिन्न भित्ते लेखन, गोटी प्रणाली हाजिरी, सफा कक्षाकोठाले पढ्ने वातावरण राम्रो भएको छ”, कक्षा ५ मा अध्ययनरत विद्यार्थी प्रमिला रोकायाले भन्नुभयो ।

A Levels MA