After SEE Portal

विद्यालय बन्द, परीक्षा बन्द गर्ने सिफारिस स्विकृत (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ११-१७)

Bridge Course

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय यसै हप्ता गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय गरेको हो । सरकारले यस अघि नै विद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो । भौतिक उपस्थितिमा हुने शैक्षिक कार्यक्रम स्थगित गरी भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नु भन्ने निर्देशन सरकारले सम्बन्धित निकायलाई यसै हप्ता दिएको हो ।

त्यस्तै, सोमबारकै मन्त्रीपरिषद्को बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि पारित गरेको छ ।

पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन गरेको बजेट निकास भएको छैन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको कार्यक्रमका लागि छनोटमा परेका विद्यालयलाई चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्नै पर्ने गरी मन्त्रालयले कार्ययोजना त बनायो तर छनोटमा परेका अधिकांश विद्यालयले अहिलेसम्म उक्त कार्यक्रमका लागि विनियोजन गरिएको बजेट निकासा नभएको जनाएका छन् ।

चालु आर्थिक वर्षका बाँकी दिन थोरै छन् त्यसमा पनि कोरोनाका कारण विद्यालयलाई कार्य सम्पादन गर्न कठिन छ । सरकार यति बेला नयाँ वर्षका लागि नीति तथा कार्यक्रमका योजना बनाउन जुटेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पहिलोपटक ५ अर्ब ६ करोड रुपियाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको छ ।

देशभरका ४ हजार २५० विद्यालयलाई छनोट गरी रकम बाँडफाँड गरिसकेको छ । तर सो रकम स्थनीय तहमा पठाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दिए पनि अधिकांश विद्यालयले रकम नपुगेको गुनासो गरेका छन् । सो कार्यक्रमका लागि आवेदन परेका ६ हजार ९ सय २१ मध्य छनौटमा परेका ४ हजार २ सय ५० विद्यालयलाई १ करोड देखि ६ लाख ५० हजार रुपियाँसम्म उपलब्ध गराइएको छ ।

अभावै अभावमा कर्णाली आधारभूत विद्यालय

पाठ्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने थलो नै कक्षाकोठा हो । यही कक्षाकोठाबाटै राष्ट्रले परिकलपना गरेको शिक्षाको नीति तथा उद्देश्य हासिल हुने गरेका छन् ।

नेपालमा सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न परियोजनाहरुले पहुँच भएका विद्यालयलाई अत्याधुनिक सुविधा सम्पन्न भवन बनाइ दिएका छन् । तर पहुँच नभएका र दुर्गमका विद्यालय अझै पनि कक्षाकोठा अभावमा तीन कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाउन बाध्य छन् ।

एकतिर सामुदायिक विद्यालय सुधारका लागि सस्ता र लोकप्रिय नारा लगाउने सरकारलाई यस्ता विद्यालयको वास्तविक समस्या समेत थाहा हुँदैन । तल्लो कक्षामा सिकेका ज्ञानलाई वारम्बार पुनरावृत्ति गराउँदै जाँदा विद्यार्थीमा पढाइ प्रति वितृष्णा जाग्ने भएपनि डोल्पाको कर्णाली आधारभूत विद्यालयमा कक्षा तीन देखि पाँचसम्मका विद्याथीलाई एउटै कक्षाकोठामा कोचेर कष्टपूर्ण तरिकाले पढाउन बाध्य छ । ठूलोभेरी नगरपालिका वडा नं १० रहेको परिलास्थित सो विद्यालय कक्षा कोठाको अभावका कारण यस्तो सास्ती खेप्न बाध्य भएको हो । 

विसं २०३१ सालमा स्थापना भएको यो विद्यालयमा साना कोठा भएको चार कोठे भवन छ । चार कोठा मध्ये एउटा कोठामा विद्यालयको प्रशासनिक काम हुँदै आएको छ । तीन वटा कोठामा कक्षा एक देखि पाँच कक्षा सम्मका बालबालिकासँगै राखेर पठनपाठन गर्दै आउनु परेको गुनासो प्रधानाध्यापक अनिरुद्र मण्डलको छ ।

कक्षा कोठा ठूला भएको भए बहुकक्षा शिक्षण गर्न पनि सकिन्थ्यो तर साना कोठा त्यसैमा पनि जीर्ण भवन भएकाले पठनपाठनमा  समस्या हुने गरेको प्रधानाध्यापक मण्डल बताउँछन् ।

ठूलोभेरी नगरपालिकाको दुर्गम ठाउँमा रहेको यो विद्यालयमा कक्षा १ मा १२ जना कक्षा २ मा ४ जना कक्षा ३ मा ९ जना कक्षा ४ मा ३ जना र कक्षा ५ मा २ जना बालबालिका अध्ययनरत रहेको समाचार यो हप्ता बाहिरिएको छ ।

हिउँद र बर्खामा यहाँका स्थानीयहरू विभिन्न ठाउँमा बसाइसरी जाने भएको हुनाले विद्यार्थी भर्नादर कम हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्र प्रसाद महतले बताए ।

विद्यालयमा भएको कक्षा कोठाको अभावबारे विभिन्न ठाउँमा अनुरोध गर्दा पनि कतै पनि सुनुवाई नभएको अध्यक्ष महतको भनाई छ । 

कर्णाली आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव मात्र छैन खानेपानी र शौचालयको  पनि राम्रो व्यवस्था छैन ।

 

विश्वविद्यालयका शैक्षिक कार्यक्रम स्थगित

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यसै हप्ता सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि विश्वविद्यालयले धमाधम परीक्षा स्थगित गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगरले सत्रान्त परीक्षा स्थगित गर्ने निर्णय गर्यो ।

त्यस्तै, पोखरा विश्वविद्यालयले पनि सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि यसै हप्ता स्थगित गर्यो । यही हप्ता पोखरा विश्वविद्यालयले पनि सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ । पोखरा विश्वविद्यालय परीक्षा समितिको बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको हो ।

तयसैगरी मुलुककै सबैभन्दा जेठो विश्वविदालयका रुपमा परिचित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु यसै हप्ता स्थगित गरेको छ ।

यसैगरी यो हप्ता पोखरा विश्वविद्यालयले विभिन्न संकायको परीक्षा अब वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी थालेको समाचार बाहिरएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ ९कोरोना भाईरस० को संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा सरकारको निर्देशनअनुसार भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरू स्थगित भैसकेको सन्दर्भमा अब पोखरा विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको हो ।

विद्यालय सञ्चालक पक्राउ

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको समाचार यो हप्ता बाहिरिएको छ ।

अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।

यसैविच, कक्षा ८, १० र १२ कक्षा वार्षिक परीक्षा बाहेक अन्य कक्षाको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले आफ्नो आन्तरिक मूल्याङ्कलनलाई आधार मानेर कक्षोन्नति गर्न सकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । विद्यार्थीलाई भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गराउन सम्भव नभएका कारण विद्यालयले आफ्नो अनुकूलतामा वार्षिक परीक्षा सञ्चालन गर्ने सक्ने उनले बताए ।

 

A Levels MA