After SEE Portal

गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालय बन्द

Bridge Course

गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।


अत्यधिक गर्मीका कारण विद्यार्थी मुर्छित हुन थालेपछि आगामी असार १ देखि ६ गते सम्मका लागि विद्यालय बन्द गरिने महानगरपालिकाले निर्णय गरेको हो । महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घ र महानगरको शिक्षा समितिको आज बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।

वीरगञ्जभित्र ९३ सामुदायिक र १८५ भन्दाबढी निजी विद्यालय रहेका छन् । एक सातादेखि लगातार बढ्दै गएकोे गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ । दिउँसोको समयमा तापक्रम ३८ देखि ४० डिग्री पुगेपछि सर्वसाधारण बिरामी हुन थालेका छन् । गर्मीका कारण ज्वरो, झाडापखला, फुडपोइजनलगायतका रोगबाट ग्रसित भएका नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।

A Levels MA
Thuprai - Books and E-books