विद्यालय लेखा प्रणाली तालिम स्थगन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक उपस्थितिमा गर्दै आएको विद्यालय लेखा प्रणाली तालिम स्थगन गरेको छ । केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै हाललाई उक्त तालिम स्थगन गर्न निर्देशन दिएको हो ।

केन्द्रले आज एक सूचना जारी गरी हालको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दा उक्त कार्यक्रम स्थगित गर्नु पर्ने अवस्था सिर्जना भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ ।

Thuprai - Books and E-books