After SEE Portal

उच्च शिक्षा अध्ययन गर्नेलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने

Bridge Course

खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिका भित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरुव छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

गाउँपालिकाले सो नीतिअनुसार वडा नं ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप रु १ लाख ११ हजार १११ प्रदान गरेको छ ।गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरुप जनही रु ५५ हजार ५५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही रु एक लाख ११ हजार १११ प्रदान गर्ने निर्णय गरेको थियो ।

उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए ।

छात्रवृत्तिका लागि पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

यस्तै गाउँपालिकाले चालु आर्थिक वर्ष सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा शिक्षक छनोट समितिमार्फत राहत र करार दरबन्दीका १२ शिक्षक छनोट गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । यस्तै विनियोजित योजना तथा कार्यक्रमबाट विभिन्न विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, भित्तेलेखन, फर्निचर निर्माण, सिँढी तथा पर्खाल निर्माण, कम्पाउण्ड तथा घेराबारा, खेलमैदान निर्माण, कक्षाकोठा तथा भवन मर्मतका काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books