A Levels MA

३० प्रतिशत बजेट, इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई छात्रवृत्ति

 

 

विद्यालय शिक्षा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेपालको संविधानले स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ  तथापि संघीय शिक्षा एने जारी हुन सकेको छैन । संघीय शिक्षा ऐन जारी नभएको अवस्थामा पनि  स्थानीय तहले आफैं शिक्षा ऐन तथा कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिरहेका छन् । शिक्षा क्षेत्रमा  वार्षिक बजेटको करिब  ३० प्रतिशत बजेट विनियोजन गरेको नगरपालिका बारबर्दिया नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख टीकानाथ गोसाइसंग इडियुपत्रले  सोधेको   पाँच प्रश्नः

 

बारबर्दिया नगर शिक्षा प्रमुखलाई पाँच प्रश्न

पालिकाको शैक्षिक अवस्था कस्तो छ ?

कोभिडका कारण वैशाख ९ देखि बन्द भएका विद्यालय २८ गते विद्यालय खुल्दै छन् । पालिकाका सबै प्रधानाध्यापक लगायत सरोकारवाला पक्ष संग छलफल गरी विद्यालय सञ्चालन गरिने भएको हो । स्मार्ट लकडाउनको अवधारणा अनुसार नयाँ कार्यविधि बनाएर विद्यालय सञ्चालनमा ल्याएका हौं । कार्यविधिमा २५ जना भन्दा बढी विद्यार्थी नराख्ने , स्वास्थ्यका सबै मापदण्ड अपनाउने । एक जहार भन्दा बढी विद्यार्थी भएका साना कक्षाका बालबालिकालाई हप्तामा एक वा दुई दिन बोलाउने कार्यविधि बनेपछि विद्यालय खुलेका हुन् । विद्यालय दुई सिफ्टमा खुल्छन् । यसअघि सरसफाई सप्ताह सञ्चालन गरेर विद्यालय सञ्चालनमा आउने भएका हुन् । स्मार्ट लकडाउनको अवधारणा अनुरुप बारबर्दिया नगरपालिका एल्लो जोनमा पर्छ । सोही अवधारणा अनुरुप विद्यालय सञ्चालन गरिने भएको हो । विद्यालय सञ्चालनका अलावा परियोजना कार्य, गृहकार्य, आन्तरिक विद्यार्थी मूल्याङ्कन कार्यविधि बनाएर सञ्चालन गर्यौ । गत वर्ष १६ हजार विद्यार्थीलाई परियोजना दिइएको थियो । अहिले भौतिक रुपमा विद्यालय खोल्नु अघि सियुजी सिम वितरण गरेर अनलाइन कक्षा सञ्चालनमा ल्याइएको थियो । अहिले विद्यालयमा विद्यालय भर्ना उमेर समूहका १० प्रतिशत बालबालिका भर्ना हुन बाँकी रहेका छन् । उनीहरुलाई छिट्टै विद्यालयमा भर्ना गराएर सिकाइलाई वैज्ञानिक तरिकाले शिक्षण गर्ने तयारीमा छौं । कुल बालबालिका मध्ये अहिले ३० हजार बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिसकिएको छ । नगरभित्र ५७ ओटा विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये ४२ ओटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय छन् । कोरोना महामारीका कारण नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्न सकिएको छैन । अहिले नगर पालिकाको साक्षरता ९६. ३ प्रतिशत छ । पूर्ण सारक्षर बनाउन पालिकाले गत वर्ष सारक्षरता अभियान सञ्चालन गरेको थियो । अहिले नगरपालिकाका कोही पनि व्यक्ति निरक्षर छैनन ।

के कस्ता कार्यक्रम कार्यान्वयन गर्दै हुनुहुन्छ ?

‘बारबर्दिया गौरव’ शीर्षकमा स्थानीय स्थानीय पाठ्यक्रम निर्माणका क्रममा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ तथा स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६ ले निर्धारण गरेको मापदण्ड र प्रक्रियागत चरणलाई अनुसरण गरेर तयार गरिएको छ । शैक्षिक सत्र २०७८ बाट कक्षा १ देखि ८ सम्म स्थानीय विषयको पाठ्यव्रmम यस नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा एकै साथ लागु भएको छ । अनिवार्य तथा निशुःल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रुपमा २०७५ सालमा नै हाम्रो नगरपालिका घोषित भइसकेको छ । अपाङ्ग वाबालबालिकालाई आवासीय रुपमा शिक्षा प्रदान गर्दै आएका छौ । जनता संग नगरप्रमुख, विद्यार्थीसंग नगरप्रमुख लगायतक कार्यक्रम मार्फत अपाङ्गताको स्थितिअनुसार कोही विद्यार्थीलाई समावेशी, स्रोत केन्द्र र आवासीय रुपमा नै अध्यापन गराउँदै आएको छौं । हाम्रो वार्षिक बजेटमा नै रकम विनियोजन गरेर चार जना जनशक्ति व्यवस्थापन गरेर उनीहरुको सम्पूर्ण व्यवस्थापन गर्दै आएको छ । कक्षा १० सम्मका विद्यार्थीले कुनै शीर्षकमा पनि शुल्क तिर्नु पर्दैन । यसका अलावा आर्थिक रुपमा अत्यन्तै विपन्न मानिएका बालबालिकालाई सम्पूर्ण खर्च व्यवस्थापन गरेर विद्यालय शिक्षा प्रदान गर्दै आएको । प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई पालिकाको तर्फबाट पूर्ण छात्रवृत्ति प्रदान गरेका छौं । त्यसैगरी ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छौं । आधारभूत तहमा घरैमा बसेर पढ्ने १०० जनालाई छात्रवृत्रि प्रदान गर्छौं । पालिकाले विश्वधिन बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । यसको पूर्वाधार निर्माणका लागि १ करोड ५० लाख बजेट यो वर्ष विनियोजन गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट ६ वटा विषय सञ्चालनका लागि अनुमति माग गरेका छौं । त्यसको स्वीकृतिको पर्खाईमा छौं । वनविज्ञान कार्यक्रममा १५ जना पूर्ण छात्रवृत्ति, ८ जनाले ७५ र ३ जनाले ५० प्रतिशत छात्रवृत्तिमा पढ्दैछन् । ४० जनाका कोटामा ३६ जनालाई पालिकाले छात्रवृत्ति प्रदान गरेको हो । पालिकाका विद्यार्थी जानु नपरोस् भनेर नगरपालिका तथा संघीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको हो । त्यस्तै पालिकाले ११७ जना शिक्षक क व्यवस्थापन गर्न ४ करोड २० लाख नगरपालिकाले अनुदान प्रदान गर्दै आएको छ । प्रत्येक विद्यालयमा विषयगत शिक्षक दरबन्दी व्यवस्थापन गरेको छ । सबै विद्यालयमा स्थायी शिक्षक नै प्रधानाध्यापक हुनुहुन्छ । शिक्षकमा विषय शिक्षक स्थायी शिक्षक नै प्रधानाध्यापक छन् । ७५ सालमा नै शिक्षक दरबन्दी मिलान गरिएको छ । शिक्षक तालीम, आइसीटी तालीममा जस्ता छोटा र लामो अवधिका तालीम वप्रदान गर्दै आएका छौं ।

वर्तमान अवस्थामा तहको संरचनामा कार्यसम्पादनमा के कस्ता समस्या झेल्नु परेको छ ?

स्थानीय तहको शिक्षा शाखामा  दरबन्दी मिलान हुन सकेको छैन । ससर्त अनुदान कार्यान्वयनमा समेत समस्या छ । बजेट निकासमा समस्या छ । कार्य दिर्नेशनमा समस्या छ । कार्याक्रम सञ्चालन गर्ने समयमा समस्या छ । एकाइको मुख्य शिक्षक सरुवा र कक्षा १० को परीक्षा सञ्चालनमा टकरावको अवस्था बेलाबखत देखा पर्ने गरेको छ । एउटाले सरुवा गर्न अिधकार दिन्छ अर्कोले रोकिदिन्छ । त्यस बखत स्थानीय तहले के गर्ने ? स्पष्ट छैन । स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको काम स्पष्ट खुलाएको छ । तै पनि शिक्षक सरुवामा धेरै समस्या झेल्नु पर्छ । माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन पालिकाको हो । तर के कति काम गर्ने ? दरबन्दी मिलान कहिले गर्ने ? शिक्षक सेवा आयोगले शिक्षक छनोट गर्न नसक्दा के गर्ने ? भन्ने विषय अन्योलमा छ । विषयगत शिक्षक नहुँदा गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिँदैन । त्यसैले यस्ता विषयमा समस्या हुन्छ । यसको अन्त्य भनेको तत्काल संघीय शिक्षा ऐन जारी गर्नुनै हो । संस्थागत रुपमा भन्दा समन्वयको अवस्था अहिले व्यक्तिमा भर परेको देखिएको छ ।

समस्याका बाबजुद कार्यसम्पादन कसरी गर्नु भएको छ ?

आफैं संघीय शिक्षा ऐनसंग नबाझ्ने खालका शिक्षा ऐन जारी गरेका छौं । सोही अनुसार सञ्चालन गर्दै छौं । समयअनुसार कार्यविधि बनाएर अघि बढेका छौं । कार्यविधिले दिएको अधिकारको प्रयोग गरी कार्य सम्पादन गर्छौं ।

जनप्रतिनिधि शिक्षा विकासका लागि कतिको जागरुक हुनुहुन्छ ?

एकदमै । शिक्षा शाखासंग समन्वय गरेर कार्यक्रम कार्यान्वयन तथा सञ्चालन गरेका छौं । उहाँहरु देश विकासका लागि शिक्षाको विकास हुनुपर्छ भन्ने बुझेको हुनुहुन्छ । त्यसैले अहिले पालिकाले शिक्षामा करिब ३० प्रतिशत बजेट विनियोजन गरेको छ । विभिन्नि तहमा छात्रवृत्ति तथा आधारभूत शिक्षा निशुल्क प्रत्याभूति गरेको छ । आधारभूत तहमा विभिन्न कारण घरैमा बसेर पढ्ने बालबालिकालाई समेत छात्रवृत्ति प्रदान गर्नु राम्रो पक्ष हो । गत वर्षको छात्रवृत्ति पनि भोलिबाट विद्यालय सञ्चालन हुन्छ अनि वितरण गर्ने तयारीमा छौं । जनप्रतिनिधमा शिक्षा विकासको भाव भएको हो । काम गर्ने राम्रो वातावरण प्रदान गर्नु भएको छ । करार सम्झौता गरेर काम गरेका छौं ।

Thuprai - Books and E-books