After SEE Portal

देशमा इन्टर्नशिपमा सहभागी विद्यार्थीलाई छात्रवृत्ति

Bridge Course

होटल व्यवस्थापनका विद्यार्थीलाई छात्रवृत्तिमा मध्यपूर्वी मुलुकका होटलहरूमा इन्टर्नशिपमा पठाइएको छ । पद्मकन्या क्याम्पसले विदेशका होटलमा इन्टर्नशिप कार्यक्रमा सहभागी हुनका लागि छ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

उनीहरुलाई हवाई टिकट र भिसा प्रक्रियाका लागि रु ७५ हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित होटल म्यानेजमेन्ट कार्यक्रमअन्तर्गतका छैटौँ र सातौँ सत्रका विद्यार्थीहरुले गर्नुपर्ने इन्टर्नशिप कार्यक्रममा सहभागी हुनका लागि छात्रवृत्ति दिइएको हो ।

विसं २०७६ देखि पद्मकन्या क्याम्पसमा होटल म्यानेजमेन्ट कार्यक्रम सञ्चालित छ । इन्टर्नशिपमा लागि विदेश जाने विद्यार्थीहरुबाट कन्सल्टेन्सीमार्फत कलेजहरूले चर्को शुल्क लिएको आरोप लागिरहेकै सन्दर्भमा कलेजले विदेशमा इन्टर्नशिपका लागि पहिलो पटक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

क्याम्पसमा आज आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका सहायक डिन प्राडा श्रीकृष्ण खरेल, क्याम्पस प्रमुख डा जयालक्ष्मी प्रधान र नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले विद्यार्थीलाई छात्रवृतिको रकमसहित बिदाइ गरेका थिए ।

छात्रवृत्ति पाएकामध्ये दुईजना दुबईस्थित हायात रिजेन्सी होटल र चारजना बहराइनस्थित लगुनाबिच रिसोर्ट जाँदैछन् । सो अवसरमा त्रिवि व्यवसथापन सङ्कायका सहायक डिन श्रीकृष्ण खरेलले आवश्यक तयारी र पूर्वाधारबिना पद्मकन्या क्याम्पसमा होटल व्यस्थापन विषय सुरु गरिएको र विद्यार्थी खोज्नसमेत ठूलो सङ्घर्ष गर्नुपरेको अनुभव सुनाए ।

होटल व्यवस्थापन विभागका तत्कालीन प्रमुख रहेका खरेलले ल्याबका लागि नगरकोटको कन्ट्री भिल्ला होटलमा लैजानुपरेका विद्यार्थीलाई छात्रवृत्ति दिएर विदेशमा इन्टर्नशिपमा जान लागेको सुन्न पाउँदा खुसी लागेको बताए ।

बोर्डका निर्देशक लक्ष्मण गौतमले पद्मकन्या क्याम्पसले छात्रवृत्तिमा पठाउने उदाहरणीय र अनुकरणीय प्रयास रहेको बताउनुभयो । क्याम्पसका प्रमुख प्राध्यापक जयालक्ष्मी प्रधानले आङ्गिक क्याम्पस भएका कारण त्रिविको नियमानुसार ६ लाख शुल्क लिनुपरेकाले धेरै महँगो भएको स्पष्ट पार्दै हाल क्याम्पसका तर्फबाट ७५ प्रतिशत छात्रवृत्ति दिइएको जानकारी दिए ।

सहायक क्याम्पस प्रमुख राजु मल्ल र होटल व्यवस्थापन विभागका निर्देशक डा उमेश रेग्मीले छात्रवृत्तिका रुपमा कलेजले लगानी गरेको उल्लेख गर्दै पर्यटन र होटल क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव कम गर्न सहयोग पु¥याउन विद्यार्थीहरूलाई अनुरोध गरे । छात्रवृत्ति पाएका विद्यार्थीका तर्फबाट रीजा श्रेष्ठले इन्टर्नशिपका लागि क्याम्पसले आफ्नै प्रयासमा गन्तव्य होटल र खर्च जुटाइदिएकामा धन्यवाद दिनुभयो

A Levels MA
Thuprai - Books and E-books