A Levels MA

एसीसीएका विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

एनसीए कलेज अफ म्यानेजमेन्टले सन् २०२१ मा पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

कक्षा १२ वा ए लेभल उत्तीर्ण परीक्षाको नतिजा पर्खेर बसेका विद्यार्थीका लागि यो छात्रवृत्तिले पहिलो सेमेष्टरका लागि लाग्ने सबै शुल्क (टयूशन शुल्क, एसीसीए दर्ता, परीक्षा शुल्क र अध्ययन सामग्री) गरी कूल १ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

छात्रवृत्तिका लागि विद्यार्थीले २४ जनवरी सन् २०२१ भित्र आवेदन दिनु पर्ने कलेज व्यवस्थापनले जानकारी दियो । विद्यार्थीले कलेजको आधाकारिक वेवसाइटमा उपलब्ध गराइएको फारम भर्नु पर्ने कलेज व्यवस्थापनले जानकारी दियो ।

एसीसीए संयुक्त अधिराज्य बेलायतको द एशोशिएसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डसद्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सीसम्बन्धी कोर्स हो । यो कोर्स संसारका १८० देशमा अध्ययन-अध्यापन गरिन्छ । एनसीए.कलेज अफ म्यानेजमेन्ट नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गराउने उद्देश्यले स्थापना भएको कलेज हो ।

Thuprai - Books and E-books