After SEE Portal

छात्रवृत्ति कोष स्थापना

Bridge Course

बझाङ, २८ फागुन (रासस) : जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ ब्यासी तामाखानी घर भई हाल अमेरिकामा बस्दै आएका डा तुलसीराम जोशीको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि यहाँका विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना गरिइएको छ । 

गरीब परिवारका जेहेन्दार र लगनशील विद्यार्थीलाई पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थापित ‘छात्रवृत्ति कोष’ का लागि उहाँले सहयोग गर्नुभएको हो । 

जोशीले बझाङका तीन र कैलाली धनगढीका दुई गरी पाँच विद्यालयमा करीब रु एक करोड सहयोग गरेको छ । आफूले प्रारम्भिक शिक्षा पढेको शान्ति मावि चौघानपाटमा उहाँले आफ्ना बुबा भानुभक्त जोशीको नाममा रु १२ लाख १५ हजारको छात्रवृत्ति कोषका लागि सहयोग गरेका छन् । यसका साथै आफूले माध्यमिक शिक्षा हासिल गरेको सत्यवादी मावि भोपुरमा आफ्ना जेठाबुबा देवीभक्त जोशीको नाममा छात्रवृत्ति कोष स्थापना गरेर रु १२ लाख १५ हजार सहयोग गरेका छन् । 

साथै आफ्नो पुख्यौली गाउँ नजिकैका बान्नीचौर मावि पाटागाउँमा आफ्नी आमा महालक्ष्मीदेवी जोशीको नाममा रु १२ लाख १५ हजार सहयोग गरेको छ । बाल्यकाल बझाङमा बिताएर जिल्लामा पहिलोपटक २०१३ सालमा एसएलसी दिने ब्याचका जोशी अमेरिकमा प्राध्यापक भएर जन्मथलो गाउँतिर आएपछि बझाङमा उहाँको बाजागाजासहित गाउँलेले भव्य स्वागत गरेका थिए । 

विद्यालयमा गरिएको स्वागत कार्यक्रममा बोल्दै डा जोशीले अनुशासित, लगनशील र मेहनत गरेमा आफ्नो लक्ष्यमा पुग्ने सकिने भएकाले मेहनत गरी पढ्न विद्यार्थीलाई सुझाव दिनुभयो ।  

A Levels MA
Thuprai - Books and E-books