After SEE Portal

आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति

Bridge Course

लर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) ले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसंगको सहकार्यमा फाउण्डेसनले मुलुकभरबाट छानिएका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । छात्रवृत्ति सम्बन्धी सम्झौता पत्रमा

सातै प्रदेशमा आर्थिक र सामाजिक रूपले पछाडि परेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा सूचना प्रविधि सम्बन्धी विषयमा स्नातक र स्नातकोत्तर तह सम्मको अध्ययनका लागि ४९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने क्यान महासङ्घसंग भएको सहमतिमा उल्लेख छ ।

आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेका विद्यार्थीहरूलाई मेरिटका आधारमा छनोट गर्ने कार्य भने क्यान महासङ्घले गर्नेछ ।

सातै प्रदेशबाट ७–७ जना विद्यार्थीहरू क्यान महासङ्घको स्वतन्त्र छानबिन समितिले छनोट गर्ने सहमतिमा उल्लेख छ ।

आइटी विद्यार्थी छात्रवृत्ति अन्तर्गत वार्षिक रूपमा खर्च हुने २ करोड ८३ हजार रुपियाँ बराबरको लागत रकम लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बेहोर्ने सहमतिमा उल्लेख छ ।

फाउण्डेसनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

फाउण्डेसनले प्रत्येक वर्ष विभिन्न विषयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कलेजले पढ्दै कमाउँदै नीतिलाई समेत अङ्गीकार गर्दै आएको छ ।

एलबीईएफका अध्यक्ष पंकज जालान र क्यान महासङ्घका अध्यक्ष रणजीत पोदारले हस्ताक्षर गरेका छन् ।

A Levels MA