After SEE Portal

मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारीमा सञ्चालित छात्रवृत्तिको परीक्षा ३० गते हुने

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्ति परीक्षा साउन ३० गते बिहान ११ बजेदेखि सञ्चालन गरिने भएको छ । देशभरिका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका जेहेन्दार बालबालिकालाईलाई सो विद्यालयमा आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्यापन गराउनका लागि उक्त परीक्षा लिने भएको हो ।

गत वर्ष कोभिड –१९ का कारण छात्रवृत्ति परीक्षा हुन नसकेकाले कक्षा ६ देखि अध्ययनका लागि वि.सं. २०६६ वा २०६७ सालमा जन्म भई कम्तीमा ३ वर्ष अगाडिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमितरूपमा अध्ययन गरेका शैक्षिक सत्र २०७७ मा कक्षा ५ मा अध्ययन गरेका छात्र–छात्रा मध्येबाट खुला प्रतियोगितात्मक परीक्षाबाट विद्यार्थी छनोट गरिने मन्त्रालयले जानकारी दियो ।

इच्छुक विद्यार्थीले bnks.edu.np वा doe.gov.np बाट डाउनलोड गरी रीतपूर्वक भरेर दरखास्त फाराममा तोकिए बमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजात सहित आपूmलाई पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुअगावै बुझाउनु मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उक्त साझेदारी छात्तवृत्तिका लागि इलाम, बिराटनगर, हिले (धनकुटा), गाईघाट (उदयपुर), राजविराज, जनकपुर, लालबन्दी, कलैया, खुर्कोट (सिन्धुली), दोलालघाट, काठमाडौँ (बूढानीलकण्ठ स्कुल), हेटौंडा, गोरखा, बेसीसहर, पोखरा, बेनी, बुटवल, घोराही, नेपालगञ्ज, बिरेन्द्रनगर, चौरजहारी, जुम्ला, अत्तरिया र डडेलधुरामा परीक्षा केन्द्र तोकिएको छ ।

सो छात्रवृत्तिमा कक्षा ५ मा भर्ना हुन कक्षा ३ र ४ को नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान (४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत) पाठ्यक्रम तोकिएको छ ।

त्यस्तै कक्षा ६ का लागि भने कक्षा ४ र ५ को नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान (४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत) पूर्णांकको परीक्षा लिँदै आएको छ ।

छात्रवृत्तिका लागि छुट्याइएको कुल सिट मध्ये खुला तथा आरक्षणको व्यवस्था गरिएको छ । कक्षा ५ र ६ कुल सिटमध्ये ५० प्रतिशत छात्र, खुला र आरक्षणतर्फ एक जिल्लाबाट एक जना नदोहोरिने गरी छनोट गर्दै आएको छ ।

बूढानीलकण्ठ स्कुलका निमित्त भने खुला २० आरक्षण २०, लोपोन्मोख –२, दलित –४, मुिस्लम –१, मधेसी– ४, आदिवासी÷जनजाति –५, पिछडिएको क्षेत्र–२ र द्वन्द्वपीडित–२ जना को सिट तोकिएको छ ।

बूढानीलकण्ठ नगरपालिका भित्रका १ जना छात्र र १ जना छात्रालाई सो छात्रपवृत्ति प्रदान गरिँदै आएको छ ।

 

A Levels MA