CMAT

मध्यपश्चिम विश्वविद्यालयद्वारा स्थगित परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक (परीक्षा तालिकासहित)

Bachelors Portal

मध्यपश्चिम विश्वविद्यालयले स्थगित गरेको करार तथा आंशिक सेवाका शिक्षक कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले विविध कारण देखाउँदै दुई वर्षदेखि स्थगित गरेको परीक्षा आगामी भदौ ५ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

 ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेज र ग्य्राजुएट स्कुल अफ ल डिनको कार्यालयबाट आव्हान गरेको विज्ञापनको परीक्षा सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालय केन्द्रीय कार्यालयबाट २०७८ जेठ ६ गते र २०७९ जेठ २३ गते आव्हान गरेको विज्ञापनको स्थगित परीक्षा सञ्चालन गर्ने भएको विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books
I Tech store