साभ नेपालले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई उत्प्रेरणा

शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल(सोसियल अवेरनेस थ्रु अडियो एण्ड भिज्युअल नेपाल) नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको लागि उत्प्रेरणा दिएको छ । 

शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गरिरहेको साभ नेपाल (सोसियल अवेरनेस थ्रु अडियो एण्डभिज्युअल नेपाल)नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको लागि उत्प्रेरणा । तस्बिरः जमुना वर्षा शर्मा, रासस, चिप्लेढुङ्गा, कास्की

विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर के पढ्ने, किन पढ्ने, कसरी पढ्ने, कस्ता साथी बनाउने, कस्तो बानी व्यहोरा अपनाउने लगायत विषयमा उत्प्रेरक डा ताराजी र उपेन्द्र पौडेलले प्रस्तुति दिनुभएको थियो । 

वर्तमान समयमा शिक्षा क्षेत्रमा देखिएका विकृति, बढ्दै गएको सामाजिक समस्या, मौलिक संस्कृतिमा आएको अस्तित्वको सङ्कट, प्रतिकूल बन्दै गएको पर्यावरण, शिशुमा देखिएको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि समसामयिक विषयको प्रस्तुति रहेको थियो । 

श्रव्यदृश्य सामग्रीको उत्पादन र प्रसारणमार्फत नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले गठित साभले काम गरिरहेको संस्थाका अध्यक्ष तुलसी प्रवासले जानकारी दिनुभयो । 

शैक्षिक सत्रको शुरुमा आयोजित गोष्ठीले विद्यार्थीलाई पढाइप्रति प्रेरणा प्रदान गरेको र कार्यक्रम निकै फलदायी बनेको सहभागी विद्यार्थी तथा शिक्षकको प्रतिक्रिया थियो । बिहीबार आयोजित गोष्ठीमा विभिन्न विद्यालयका ५०० जनाको सहभागिता थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal