After SEE Portal

संरक्षण खोज्दै पहिलो संस्कृत पाठशाला

Bridge Course


भोजपुर, १८ कात्तिक (रासस) : जनस्तरबाट स्थापना भएको नेपालकै पहिलो संस्कृत पाठशाला संरक्षण नहुँदा स्थानीयवासी निराश बनेका छन् ।  षडानन्द नगरपालिकामा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमा स्थापना गरेको सो पाठशाला संरक्षणको अभावमा जीर्ण बनेको हो । 

विसं २०७२ विनासकारी भूकम्पले क्षति पुगेको उक्त पाठशाला संरक्षणमा ध्यान नपुग्दा जीर्ण बनेको स्थानीयवासी बताउँछन् । 
तत्कालीन समयमा देशको पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकीमूलुक भारतको सिक्किम तथा आसामबाट गुरुकूल शिक्षा लिन विद्यार्थी आउने गरेका थिए । 
पाठशाला संरक्षणका लागि षडानन्द सीताराम गुठी स्थापना गरिएको भए पनि त्यसले काम नगेरको पाठशालाका व्यवस्थापक तोयानाथ गौतमले जानकारी दिनुभयो । उहाँले गुठीको करीब दुई सय रोपनी जमीन भए पनि पाठशालाको लागि केही सहयोग गरेको छैन । 

पाठशालामा रहेको २५÷२६ जनाको सङ्ख्यामा रहेका बटुकलाई खुवाउन तथा व्यवस्थापन गर्न समस्या छ । गौतमका अनुसार अहिले पाठशाला मुठी दानको भरमा सञ्चालनमा रहेको छ । 

पाठशाला परिसरमा रहेको राममन्दिर, शिवलिङ्ग लगायतका मूर्तिसमेत तोडफोड भएको छ । गुठी परिसरमा रामचन्द्र नर्मदेश्वर, शिवालय र पशुपतिका चार वटा मन्दिर जीर्ण अवस्थामा छन् । बटुकको लागि खाने तथा बस्ने छात्रवासको व्यवस्था रहेको भए पनि छात्रावास जीर्ण बनेकाले समस्या भएको छ । षडानन्द नगरपालिकाले भने पाठशाला संरक्षणका लागि काम गर्ने बताएको छ । 

पाठशाला संरक्षणका लागि नगरपालिका, पुरातत्व विभाग र षडानन्द गुठीबीच छलफल भइरहेको नगरप्रमुख वीरबल राईले जानकारी दिनुभयो । 

A Levels MA
Thuprai - Books and E-books