SEE Result 2082

गोदावरी नगरपालिकाका नगर प्रमुख को पारिश्रामिक विद्यालयलाई

गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले एक वर्षको पारिश्रामिक गोदावरी नगरपालिका ठेचोस्थित सरस्वती माध्यामिक विद्यालयलाई दिने निर्णय गर्नुभएको छ ।

विद्यालयले आज आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रममा उहाँले गरीब र असहाय विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रकम सहयोग गर्ने घोषणा गरेको बताउनुभयो । प्रमुख महर्जनले आफूले माध्यामिक तहसम्म पढेको विद्यालय भएकाले त्यससँग भावनात्मक सम्बन्धसमेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा आउने विद्यार्थी ज्यादै कम भएकाले यो रकम स्थानीय विद्यार्थी बढाउनमा खर्च होस् ।”

प्रदेश सरकारको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयकमा नगरपालिकाको प्रमुखको मासिक पारिश्रमिक रु ३५ हजार तोकिएको छ । भ्याट कटौती गर्दा एक वर्ष बराबरको पारिश्रमिकबापतको रकम झण्डै रु तीन लाख ५० हजार हुन्छ ।

+2 School
Counseling
Bachelors Portal