After SEE Portal

रोल्पा नगरपालिकाले छात्रवृत्ति  प्रदान गर्न विद्यार्थी भेट्टाएन

Bridge Course

रोल्पाको रोल्पा नगरपालिकाले प्राविधिक धारका विद्यार्थीलाई कोटा अनुसारको छात्रवृत्ति प्रदान गर्न सकेको छैन । बार्षिक १०० जना प्राविधिक उत्पादन गर्ने लक्ष्यले सुरु गरेको   “रोल्पानगर, एक घर एक रोजगार” कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन थालेको नगरपालिकाले कोटा अनुसार विद्यार्थी नपाउँदा हरेक वर्ष लक्षित कोटाभन्दा आधा मात्र विद्यार्थीलाई छात्रवृत्ति प्रदा नगर्दै आएको छ । नगरपालिकाले ६ वर्षको अवधिमा ६०० जनालाई छात्रवृत्ति प्रदान गर्नु पर्नेमा  ३२६ जनालाई मात्र प्रदान गर्न सकेको छ । प्राविधिक शिक्षा अध्ययन गर्न चाहने, नगरभित्र बसोबास गर्दै आएका र प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

नगरपालिकाले इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, नर्सिङ, वनविज्ञान, आयुर्वेद, फुड एण्ड टेक्नोलोजी र अटो मोबाइल विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुबाट आवेदन माग गरेको थियो । नगरपालिकाको आह्वानअनुसार इन्जिनियरिङ, पशुविज्ञान, बाली विज्ञान र सूचना प्रविधि विषय अध्ययन गर्नेहरुले मात्रै छात्रवृत्तिका लागि आवेदन दिएको नगरपालिकाले जानकारी दियो ।

चालु शैक्षिक शत्रमा नगरपालिकाले सिभिल इन्जिनियरिङमा १४ जना, पशुविज्ञानमा १५ जना, बालीविज्ञानमा ८ र सूचनाप्रविधिमा ११ गरी जम्मा ४८ विद्यार्थीलाई छात्रवृत्ति  प्रदान गरेको छ ।

भने, २०७८ सालमा सिभिल इन्जिनियरिङमा १९ जना पशुविज्ञानमा १४ जना, बाली विज्ञानमा १० जना, सूचनाप्रविधिमा १६ जना गरी ५९ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए ।

२०७७ सालमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा २२ जना, पशुविज्ञानमा १६ जना, बाली विज्ञानमा १४ जना, प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङमा ४ जना गरी जम्मा ६२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

२०७४ सालमा ५५ जनाले छात्रवृत्ति पाएकोका थिए । त्यसपछिका दुई वर्ष ५१÷५१ जनालेमात्रै छात्रवृत्ति प्रदा नगरिएको नगर शिक्षा शाखाले जानकारी दियो ।  सुरुका दुई वर्ष सिभिल इन्जिनियरिङ विषयमा छात्रवृत्ति दिएको नगरपालिकाले तेस्रो वर्षदेखि अन्य विषयमा समेत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

नगरपालिकाले प्राविधिक छात्रवृत्तिका लागि पहिलो वर्ष ४० लाख विनियोजन गरेको थियो । त्यसयता उसले हरेक वर्ष ३० लाखका दरले बजेट विनियोजन गर्दै आए पनि लक्षित कोटा अनुसार विद्यार्थी उपलव्ध नहुने समस्या भोग्दै आएको छ ।

नगरपालिकाले सम्बन्धित शिक्षण संस्थाहरुले लिने सम्पूर्ण शुल्क व्यहोर्ने गर्दछ । जस अनुसार सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले प्रतिसेमेष्टर ३२ हजारका दरले छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाले जानकारी दियो ।

पशुविज्ञान, बाली विज्ञान र सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीलाई नगरपालिकाले वार्षिक २० हजारका दरले छात्रवृत्ति उपलव्ध गराउँदै आएको छ ।

‘नगरभित्रका शिक्षण संस्थामा पठनपाठन हुने विषय अध्ययनका लागि विद्यार्थीहरुमा चासो देखिए पनि बाहिर गएर अध्ययन गर्नुपर्ने विषयमा उनीहरुमा चासो देखिएन’ रोल्पा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर पुनमगरले भने, ‘प्राविधिक अध्ययनप्रति विद्यार्थीको रुचि नभएर पनि छात्रवृत्तिको लक्षित कोटा पूरा नभएको हुनसक्छ ।’

‘राम्रो अंक लिएकाहरु विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययनका लागि जिल्ला बाहिर जाने चलनले पनि नगरपालिकाको छात्रवृत्तिले उनीहरुलाई आकर्षण गर्न सकेको छैन,’ पुनमगरले भने ।

रोल्पा नगरपालिका भित्रका शिक्षण संस्थाहरुमा सिभिल इन्जिनियरिङ, पशु विज्ञान, बालीविज्ञान र सूचना प्रविधि विषयमा पढाइ हुने गर्दछ । सिभिल इन्जिनियरिङ विषयको डिप्लोमा र प्रि–डिप्लोमा बालकल्याण माविले पढाउने गर्छ भने पशुविज्ञान, बालीविज्ञान र सूचना तथा प्रविधि सीटीईभीटीको आंगिक शिक्षालय रोल्पा प्राविधिक शिक्षालयले पढाउने गर्दछ ।

नगरपालिकाको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरुले पढाइ पूरा गरेपछि १ वर्ष नगरपालिकामा स्वयंसेवा गर्ने गरी नीति ल्याउने तयारी नगरपालिकाले  जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books