After SEE Portal

अनलाइनबाट नतिजा सार्वजनिक

Bridge Course

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट नतिजा सार्वजनिक गरिएको हो ।

कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयभन्दा अगावै गत फागुन २८ गतेदेखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । एकतीस सामुदायिक विद्यालय र ५६ संस्थागत विद्यालय परीक्षामा समावेश भएका थिए । परीक्षा समितिका सदस्य सचिव चक्र भण्डारीका अनुसार सामुदायिकबाट एक हजार ९७३ र संस्थागतबाट दुई हजार ६७ विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा दुई हजार २३५ छात्रा र एक हजार पाँच छात्र समावेश भएका थिए ।

A Levels MA
Thuprai - Books and E-books