After SEE Portal

शिक्षाध्यक्षलाई उपकुलपतिको जिम्मेबारी

Bridge Course

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेबारी दिएको छ । 

बढीमा तीन महिनाका लागि मन्त्रिपरिषदले भुषाललाई उक्त पदको जिम्मेबारी प्रदान गरेको हो ।

त्रिविका उपकुलपति प्राडा।धर्माकान्त बास्कोटाको कार्तिक १६ गते देखि पदावधि समाप्त भई पद रिक्त भएकोले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ ख बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न शिक्षाध्यक्षलाई नै उपकुलपतिको जिम्मेबारी दिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

A Levels MA