After SEE Portal

चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

Bridge Course

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष पुष्पकमल दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताए। प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख कार्यसम्पादन एवं यस क्षेत्रको दिशानिर्देश हदै आएको बताए  ।

उनले हाल उत्पादन भएका जनशक्तिहरूको लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउन जरुरी रहेकोऔंल्याएका छन् ।  आयोगको १२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति  प्रक्षेपण गरी  अध्ययनको अवसर वृद्धि गर्दै लैजानु  पर्नेमा जोड दिए ।

हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारित भन्दा अपुष्ट रूपमा बजारमा ल्याइने काल्पनिक सूचनाले सेवा प्रदायक संस्थाहरू, अभिभावक तथा विद्यार्थीहरू, नियामक निकायहरू र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन छ । ‘जनशक्ति उत्पादन वृद्धि मात्र नभई गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालन समेत उतिकै अनिवार्य रहेको छ ।’ उनले भने,  ‘अन्तर्राष्ट्रियरुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रूपमा स्थापित प्रयास भइरहेको छ,’ ।

चिकित्सा शिक्षाको अध्ययन अध्यापनलाई मुलुकको सबै प्रदेशमा विस्तार गरी आवश्यक सबै प्रकारका जनशक्ति तयार गरी जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा सरल र सहजरुपमा प्रदान गर्ने वातावरण सृजना गर्नको लागि आवश्यक पर्ने कानुनी नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर कार्य गर्नु आवश्यक रहेको उनले बताए ।

जनशक्ति उत्पादन वृद्धिमात्र नभई गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उतिकै अनिवार्य रहेको उल्लेख गदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियरुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताए । 

 

A Levels MA
Thuprai - Books and E-books