After SEE Portal

खेलाडी विद्यार्थीलाई सम्मान

Bridge Course

फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपालका राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरेको छ । क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गरेवापत उनीहरुलाई सम्मान गरिएको हो ।

खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई सम्मान गरिएको छ ।

प्रत्येक खेलाडीलाई दोसल्ला र प्रशंसापत्रका साथै जनही ५० हजार रुपियाँ प्रदान गरिएको छ ।

सम्मानित भएका सबै खेलाडी फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातकका विद्यार्थी हुन् ।

कलेजका प्राचार्य प्रा.डा. फत्तबहादुर केसी र कार्यकारी निर्देशक लक्ष्मण पोख्रेलले राष्ट्रिय क्रिकेट खेलाडीलाई उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिए ।

 

A Levels MA
Thuprai - Books and E-books