After SEE Portal

मानसरोवरमा नेविसंघको नेतृत्व विजयी

Bridge Course

नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हुम्लाबाट खाता खोल्न सफल भएको छ । हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा नरेन्द्र भण्डारी  र सचिवमा कालिराज फडेरा अखिल क्रान्तिकारीका निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुरोध

विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्ववियुको निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष अनुरोध गरेका छन् ।  नेविसङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन् ।  उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती सङ्गठनको भनाइ छ । स्ववियु निर्वाचनमा नेविसङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियु गरी तीन विद्यार्थी सङ्गठनबीच तालमेल गरेर जाने सहमति भएको छ ।  

ती सङ्गठनले सुदूरपश्चिम,  मध्यपश्चिम र त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यका र उपत्यका बाहिरका क्याम्पसमा तालमेल गरेर जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।सहमतिअनुसार सबै सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन दिएका छन् ।

स्ववियुनिर्वाचनका लागि  उत्साहजनक उम्मेदवारी दर्ता

स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक उम्मेदवारी भएको छ ।  उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए ।

“देशभरिका क्याम्पसमा उत्साजनक रुपमा उम्मेदवारी दर्ता भएका छन्” उनले भने, “केही अवरुद्ध भएका क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र सम्वाद गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छौँ ।”

विद्यार्थी सङ्गठनले आआफ्नो ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए । स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो ।

बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ । 

निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो ।

 त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी सङ्गठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन ।

प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन ।

विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो ।

उपत्यका त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल ल क्याम्पस, पद्मकन्या क्याम्पस, सरस्वती क्याम्पस, पशुपति बहुमुखी क्याम्पसलगायत सबै क्याम्पसमा निर्वाचनमा विद्यार्थी सङ्गठनले उत्साहजनक रुपमा सहभागी भई उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारको नामावली उपर दाबी विरोध आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

उम्मेदवार माथिको दाबी उपरमाथि छानबिन गरेपछि भोलि  बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।

नेविसंघका  बागी उम्मेदवार धेरै

स्ववियु निर्वाचनमा उपत्यकाका तीन जिल्लाका क्याम्पसमा काग्रेसको नेपाल विद्यार्थी संगठन, माओवादीको अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले तालमेल गरेको विज्ञप्तिमा भनेकाछन् ।

नेविसंघले १५ क्याम्पसमा अध्यक्षमा उम्मेदवारी दिएको छ । अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पसको सभापति उठाउने सहमति बनेको छ । तालमेल गर्दा विगतमा जितेको आधार र संगठनको बललाई आधार बनाइएको  नेविसंघले जानकारी दियो ।

गठबन्धनमा नेविसंघले त्रिविको केन्द्रीय क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस, नेपाल कमर्श क्याम्पस, मीनभवन, पद्मकन्या, शंकरदेव, पब्लिक युथ,  पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जनप्रशासन, ग्रामीण आदर्श, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी, शिक्षा क्याम्पस, विश्वभाषा क्याम्पसको सभापति पाएको छ ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेविसंघले सभापति पाएका ठाउँहरुमा नेविसंघकै अर्को समूहले बागी उठाएको छ । संस्थापन पक्षले श्यामराज ओझालाई केन्द्रीय क्याम्पसमा सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्णु बडेलाले पनि उम्मेदवारी दिएका छन् । संस्थापनइतरको समर्थनमा बडेला सभापतिको उम्मेदवार बनेका हुन् ।

जनप्रशासन क्याम्पसमा संघका अध्यक्ष दुजाङ शेर्पाले श्याम पाण्डेलाई टिकट दिएपछि शिशिर पाण्डेले बागी उम्मेदवारी दिएका छन् । नेपाल ल क्याम्पस क्रान्तिकारीको भागमा परेपछि नेविसंघ निकटका मोहम्मद माजिद परवेजले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

शंकरदेवमा सुशान्त सिंह बस्नेतले सभापतिको टिकट पाएका छन् । तर सुशील धामी नेविसंघको बागी उम्मेदवार बनेका छन् । शंकरदेव नेविसंघको भागमा परेपनि माओवादी क्रान्तिकारीले समेत उम्मेदवारी दर्ता गएको छ । पब्लिक युथमा नविन पाण्डेले टिकट पाउँदा शोभा बस्ताकोटी बागी उम्मेदवार बनेकी छन् ।

नेविसंघको भागमा परेका क्याम्पसको उम्मेदवार चयन गर्न तीन जनाको समिति बनेको थियो । अध्यक्ष शेर्पा सहित शेखर–गगन पक्षबाट प्रेमिका रानामगर र विद्यार्थी नेता सिर्जना मल्ललाई टिकट वितरणको जिम्मेवारी दिइएको थियो । नेविसंघले सभापति उठाउने क्याम्पसमा अध्यक्ष शेर्पाले एकलौटी गरेको इतर पक्षको आरोप छ ।

त्यसैगरी, माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीले नेपाल ल, सरस्वती, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठीमी, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसमा सभापति पाएको छ ।

नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले रत्न राज्यलक्ष्मी, महेन्द्र रत्न ताहाचल र बानेश्वर क्याम्पसमा सभापति पाएको छ ।

केही क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन

निर्देशनालयका निर्देशक अधिकारीका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन । त्रिचन्द्र नेविसंघकै अंशमा  परेपनि मतदाताका विषयमा विवाद भएपछि  उक्त क्याम्पसमा निर्धारित समयमा  स्ववियु निर्वाचन नहुने भएको छ ।

पुल्चोक क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुन सकेन ।

 रत्न राज्यलक्ष्मी, नेपाल कमर्श क्याम्पस, बानेश्वर क्याम्पस, कोटेश्वर क्याम्पस, ग्रामीण आदर्श क्याम्पसमा विभिन्न संगठनको तालाबन्दी छ।

 वाल्मीकी विद्यापीठमा आइतबार उम्मेदवारी मनोनयनको कार्यक्रम छ

A Levels MA