After SEE Portal

कुसोमद्वारा ६ विषयमा अनुसन्धान प्रस्ताव माग

Bridge Course

काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्वतन्त्र तथा  स्नातक, एमफिल, पीएचडी अनुसन्धानकर्ताबाट प्रस्ताव आव्हान गरेको छ ।

कुसोमले  डब्लूटीओ चियर्स प्रोग्राम अन्तर्गत  सेप्टेम्बर १५ सम्मको समय सीमा तोकी अनुसन्धानको प्रस्ताव आह्वान गरेको हो ।

प्रत्येक अनुसन्धानका लागि दुई लाख अनुदान प्रदान गर्ने र अनुसन्धानको प्रकृति अनुसार थप गर्न सकिने  विश्वविद्यालयका  रजिस्ट्रार प्राध्यापक डा अच्युत वाग्लेले जानकारी दिए । कुसोमले गत वर्षसमेत चार ओटा अनुसन्धानका लागि अनुदान दिएको थियो ।

कार्यक्रममा गत वर्ष अनुदान पाएका अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानको प्रस्तुत गरेका थिए । कुसोम विश्वभरका अन्य १७ विश्वविद्यालयहरूसँगै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्लूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।

कुसोमले ‘एआईबी साउथ एसिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली देशहरू बंगालदेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाको सहभागिता रहने उक्त कार्यक्रम आगामी वर्ष हुने बताइएको छ ।

A Levels MA