After SEE Portal

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव माग (सूचना सहित)

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । इच्छुक सार्वजनिक विद्यालयले माघ २९ गते भित्र आवेदन दिनु पर्ने छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ को दफा ३ मा व्यवस्था भए बमोजिमको निर्देशक समितिको पुस २९ को निर्णय बमोजिम चालु आवका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरूबाट प्रस्ताव माग गरेको हो ।

विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम ( ४ कोठे विद्यालय भवन) स् देशभरका जम्मा ७४ विद्यालयहरूका लागि, विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला तथा पुस्तकालय स्थापनाका लागि अनुदान स् जम्मा ५९४ विद्यालयहरूका लागि प्रस्ताव माग गरेको छ ।

प्राविधिक धारको पहुँच नपुगेका स्थानीय तहहरूमध्ये १९ विद्यालयहरूका लागि विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम (४ कोठे विद्यालय भवन) का लागि प्रस्ताव माग गरेको छ ।

सूचना  हेर्न यहाँ क्लिक गर्नुहोसः 

A Levels MA
Thuprai - Books and E-books