After SEE Portal

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकका लागि आवेदन माग

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क, ख र ग तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले आज सार्वजनिक सूचना प्रकाशित गरेर सो सूचना माग गरेको हो ।

सूचनाअनुसार २०७६ देखि २०७९ सम्मका विद्यार्थीले आवेदन दिन पाउने भएका छन् ।

चार वर्षसम्मका विद्यार्थीको आवेदन स्वीकार गर्ने भएकाले मन्त्रालयले विद्यार्थीको अधिक भीडलाई व्यवस्थापन गर्न सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आवेदन दिने व्यवस्था मिलाएको छ ।

 

नेपाल सरकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण "","" "", नेपाल छात्रा विद्यापदक """" तथा नेपाल प्रविधि विद्याभूषण सम्बन्धी अत्यन्त जरुरी सूचना

(प्रकाशित मितिः २०८० साउन २१ गते आइतबार)

क. नेपाल विद्याभूषण "","" "" सम्बन्धमाः

"नेपाल विद्याभूषण" प्राप्त गर्नका लागि नेपालभित्रका कुनै विश्वविद्यालय वा अध्ययन प्रतिष्ठान तथा विदेशी विश्वविद्यालयबाट देहायमा उल्लेख भए अनुसारको योग्यता हासिल गरेका नेपाली नागरिकहरू र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी तोकिए अनुसारको योग्यता हासिल गरेका विदेशी नागरिकहरुबाट यही सम्वत् २०८० साल भाद्र ३ गते आइतबार कार्यालय समयभित्र यस मन्त्रालयको वेबसाइट  www.moest.gov.np  मा रहेको अनुसूची - १ को ढाँचामा रु. १०।- को टिकट टाँसी शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।

"" श्रेणीको नेपाल विद्याभूषण पदकका लागि:

विद्यावारिधि वा सो भन्दा माथिको उपाधि हासिल गरी मूल प्रमाणपत्र (Original Certificate) प्राप्त गरेको हुनुपर्ने ।

"" श्रेणीको नेपाल विद्याभूषण पदकका लागि:

स्नातकोत्तर तहमा नियमित विद्यार्थीको रुपमा अध्ययन गरी वि.सं. २०७६, २०७७, २०७८ र २०७९ सालमा उक्त सङ्काय वा अध्ययन संस्थान वा स्कूल अन्तर्गत बिशिष्ट वा प्रथम श्रेणीमा प्रथम हुने वा ग्रेड प्वाइन्ट प्रणाली अन्तर्गत सबै बिषय वा पत्रमा गरी समग्रमा उच्चतम ग्रेड प्वाइन्ट (कम्तीमा तीन) प्राप्त गरी सर्वप्रथम भएको हुनुपर्ने ।

"" श्रेणीको नेपाल विद्याभूषण पदकका लागि:    

स्नातक तहमा नियमित विद्यार्थीको रुपमा अध्ययन गरी वि.सं. २०७६, २०७७, २०७८ र २०७९ सालमा उक्त सङ्काय वा अध्ययन संस्थान वा स्कूल अन्तर्गत विशिष्ट वा प्रथम श्रेणीमा प्रथम हुने वा ग्रेड प्वाइन्ट प्रणाली अन्तर्गत सबै बिषय वा पत्रमा गरी समग्रमा उच्चतम ग्रेड प्वाइन्ट (कम्तीमा तीन) प्राप्त गरी सर्वप्रथम भएको हुनुपर्ने ।

 

पेश गर्नुपर्ने कागजात

१.     निवेदकको नागरिकता र विदेशी भए राहदानीको प्रमाणित प्रतिलिपि ।

२.     "" श्रेणीको लागि

  • विद्यावारिधि वा सो सरहको उपाधिको मूल प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • सारांश (Abstract) सहितको शोधपत्र एक प्रति र पेनड्राइभमा सोको विद्युतीय प्रति (PDF मा) ।
  • शोधपत्र नेपाली र अंग्रेजी भाषा बाहेक अन्य भाषामा लेखिएको भए शोधपत्रमा लेखकको नाम, विश्वविद्यालयको नाम, शीर्षक, बर्ष, पृष्ठ संख्या, विश्वविद्यालय रहेको शहरको नाम नेपाली भाषामा खुलाएको विवरण ।
  • बायोडाटा ।
  • मास्टर इन सर्जरी (M.C.H.)  वा डक्टर अफ मेडिसिन (D.M.)  वा सो सरहको उपाधि प्राप्त गर्नेको हकमा सो तह र स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट र कम्तीमा दुई बर्ष नेपालमा काम गरेको अनुभवको प्रमाणित प्रतिलिपि ।

३.   "" श्रेणीको लागि

  • प्रमाणपत्र तह वा कक्षा बाह्र, स्नातक तह र स्नातकोत्तर तहको ट्रान्सक्रिप्टको प्रमाणित प्रतिलिपि ।
  • स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको मूल प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • सङ्काय (फ्याकल्टी) मा सर्वोत्कृष्ट स्थान खुलेको सम्बन्धित विश्वविद्यालयको परीक्षा नियन्त्रकको सिफारिस पत्र

४.   "" श्रेणीको लागि 

  • प्रमाणपत्र तह वा कक्षा बाह्र र स्नातक तहको ट्रान्सक्रिप्टको प्रमाणित प्रतिलिपि,
  • स्नातक तहको मूल प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • सङ्काय (फ्याकल्टी) मा सर्वोत्कृष्ट स्थान खुलेको सम्बन्धित विश्वविद्यालयको परीक्षा नियन्त्रकको सिफारिस पत्र

५.    ""  "" श्रेणीको हकमा तोकिएको शैक्षिक सत्रमा नियमित विद्यार्थीका रुपमा अध्ययन गरी प्रथम श्रेणीमा सर्वप्रथम भएको वा ग्रेड प्वाइन्ट प्रणाली अन्तर्गत प्रथम श्रेणी सरहको ग्रेड प्वाइन्ट(कम्तीमा तीन) प्राप्त गरी सर्वोच्च स्थान प्राप्त गरेको प्रमाणित प्रतिलिपि । साथै विदेशी विश्वविद्यालयको हकमा सम्बन्धित व्यक्तिले अध्ययन गरेको सङ्काय वा स्कूल अन्तर्गत सोही तह र बर्षको परीक्षामा कम्तिमा एकसय जना परीक्षार्थी रहेको व्यहोरा प्रमाणित हुने गरी रजिष्ट्रार वा डीन वा सो सरहको पदाधिकारीबाट हस्ताक्षर गरिएको पत्र समेत आवश्यक हुनेछ    

६.    विदेशी विश्वविद्यालयबाट उपाधि हासिल गर्नु हुने महानुभावहरुले आफूले प्राप्त गरेको उपाधिको समकक्षता अनिवार्य रुपमा पेस गर्नुपर्नेछ ।

७.    नेपाली, संस्कृत र अंग्रेजी भाषा बाहेक अन्य भाषामा लेखिएको उपाधिको प्रमाणपत्र भए नेपाली वा अंग्रेजी भाषामा आधिकारिक निकायबाट अनुवाद गराई पेश गर्नुपर्नेछ ।

८.     अटो साइजको ३ प्रति फोटो बुझाउँदा छुट्टै खाममा आफ्नो नाम, उत्तीर्ण साल र पदकको नाम लेखी बुझाउनु पर्नेछ ।

९.     फाराम बुझाउने समयमा सक्कल प्रमाणपत्र अनिवार्य रुपमा देखाउनु पर्नेछ र प्रमाणपत्रहरुको प्रमाणित गर्ने काम पनि सोही ठाउँबाट गरिनेछ ।

. नेपाल छात्रा विद्यापदक "" "" सम्बन्धमाः

"क" श्रेणीको नेपाल  छात्रा विद्यापदकका लागि नेपाल भित्रका विश्वविद्यालयको स्नातक तहमा नियमित विद्यार्थीको रुपमा अध्ययन गरी उक्त सङ्काय वा अध्ययन संस्थान वा स्कूलमा वि.सं. २०७६, २०७७, २०७८ र २०७९ सालका अन्तिम परीक्षामा सबैभन्दा बढी अंक वा ग्रेड प्राप्त गर्ने छात्राले सम्बन्धित परीक्षा नियन्त्रकको सिफारिस सहित र "ख" श्रेणीको नेपाल  छात्रा विद्यापदकका लागि नेपालको परीक्षा बोर्डबाट माध्यमिक शिक्षाको कक्षा बाह्र वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रमाणपत्र वा सो सरहको वि.सं. २०७६, २०७७, २०७८ र २०७९ सालका अन्तिम परीक्षामा सबैभन्दा बढी अंक वा ग्रेड प्राप्त गर्ने छात्राले सम्बन्धित परीक्षा नियन्त्रकको सिफारिससहित यही २०८० साल भाद्र ३ गते आइतबार कार्यालय समयभित्र यस मन्त्रालयको वेबसाइट  www.moest.gov.np  मा रहेको अनुसूची - २ को ढाँचामा रु. १०।- को टिकट टाँसी शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।

पेश गर्नुपर्ने कागजात

१.     निवेदकको नागरिकता र विदेशी भए राहदानीको प्रमाणित प्रतिलिपि ।

२.     "क" श्रेणीको नेपाल  छात्रा विद्यापदकका लागि

  • प्रमाणपत्र तह वा कक्षा बाह्र र स्नातक तहको ट्रान्सक्रिप्टको प्रमाणित प्रतिलिपि ।
  • स्नातक तहको मूल प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

"ख" श्रेणीको नेपाल  छात्रा विद्यापदकका लागि

  • प्रमाणपत्र तह वा कक्षा बाह्रको ट्रान्सक्रिप्टको प्रमाणित प्रतिलिपि ।
  • प्रमाणपत्र तह वा कक्षा बाह्रको मूल प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

३.    अटो साइजको ३ प्रति फोटो छुट्टै खाममा आफ्नो नाम र पदकको नाम लेखी बुझाउनु पर्नेछ  ।

४.    फाराम बुझाउने समयमा सक्कल प्रमाणपत्र अनिवार्य रुपमा देखाउनु पर्नेछ र प्रमाणपत्रहरुको प्रमाणित गर्ने काम पनि सोही ठाउँबाट गरिने छ ।

ग. नेपाल प्रविधि विद्याभूषण सम्बन्धमानेपाल प्रविधि विद्याभूषण सम्बन्धी कार्यका लागि विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरको सूचना बमोजिम हुनेछ ।

पुनश्च: म्याद नाघि वा रीतपूर्वक नआएको वा आवेदन भर्दा गलत विवरण भरेमा वा सर्तपूर्ण निवेदन उपर कारवाही नहुने व्यहोरा समेत अनुरोध छ ।यस सम्बन्धी थप सूचना तथा जानकारी मन्त्रालयको वेबसाइट www.moest.gov.np  मा हेर्न सकिनेछ ।

A Levels MA
Thuprai - Books and E-books