A Levels MA

शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको छ: मन्त्री गिरिराजमणि पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा हुने अनावश्यक राजनीतिलाई निरुत्साहित गर्न शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको बताउनुभएको छ । 

सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जनता माविमा आयोजित प्राविधिकधार कृषि बाल विज्ञान शिक्षाको उद्घाटन गर्दै उहाँले शिक्षामा राजनीति गर्नेलाई सरकारले अब छुट नदिने बताउनुभयो ।

विद्यालय जागिर खाने नभई राष्ट्र निर्माण गर्ने थलो भएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई राजनीति नगर्न आग्रह गर्नुभयो । शिक्षालाई श्रमसँग र प्रविधिलाई सीपसँग जोड्नुपर्ने उल्लेख गर्दै उहाँले सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । सरकारले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक शिक्षक उत्पादनतर्फ ध्यान केन्द्रित गरिरहेको उहाँको भनाइ थियो । 

मौलिक हकका रूपमा संविधानभित्रै समेटिएकाले अनिवार्य र वैज्ञानिक शिक्षाको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताउनुभयो । बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले गाउँपालिकामा प्राविधिक शिक्षाको प्रारम्भ हुनु स्वागतयोग्य भएको बताउनुभयो ।

Thuprai - Books and E-books