After SEE Portal

शिक्षण संस्थामा भौतिक उपस्थितिमा गरिने कार्य स्थगित गर्न सिफारिस

Bridge Course

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । सीसीएमसीको हिजोको बैठकले यस्तो सिफारिस गरेको हो ।

पछिल्लो समय कोरोना सङ्क्रमणको दर तीव्र रुपमा बढी रहेको हुँदा संकटलाई न्यूनीकरण गर्न आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे सो बैठकमा छलफल भएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए ।

मन्त्रिपरिषद्ले अघिल्लो कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर दृेशभरका मुख्य सहरी क्षेत्रका विद्यालयको भौतिक पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै सबै विद्यालयहरुमा भौतिक उपस्थितिमा रोक लगाइ वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।, विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गरी पठनपाठन सुचारु राख्न विद्यालय पुनः सञ्चालन कार्यढाँचा जारी गरिसकेको छ ।

A Levels MA
Thuprai - Books and E-books